हत्या अभियोगमा एक जना पक्राउ

हत्या अभियोगमा एक जना पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  बैशाख ३, २०७८

सूर्यविनायक नगरपालिका- ८ सिपाडोल मूलबाटोस्थित गाई फर्ममा मनोहरा सुकुम्बासी बस्ती बस्ने सोलुखुम्बू घर भएका अन्दाजी २० वर्षीय ईश्‍वर राईको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका- ९ गोठाटार स्थायी घर भएका २० वर्षीय आशिष खुलाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त गाई फर्ममा राईको हत्या भएको र हत्या गर्ने व्यक्ति भाग्दै गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीसमेतबाट तत्काल खटिएको प्रहरीले आशिषलाई पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा मृतक ईश्‍वर, महोत्तरी घर भई मनोहरा सुकुम्बासी बस्ती बस्ने युनिस योञ्जन, सुनिल बल र आशिष सिपाडोल मूलबाटोस्थित गाई फर्मको टहराभित्र बसी कुराकानीको क्रममा वादविवाद भई झैझगडा हुँदा आशिषले खुकुरी प्रहार गर्दा ईश्‍वरको घटनास्थलमै मृत्यु भएको खुल्न आएको हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।