जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ

जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  बैशाख ३, २०७८

काभ्रे । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महाभारत गाउँपालिका-५ बस्ने २५ वर्षीय आर्जन थिङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

थिङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फोक्सीङटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।