बिशेष अदालत काठमाण्डौंमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा

बिशेष अदालत काठमाण्डौंमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख ३, २०७८

काठमाडौँ ।  प्रभु बैंकले आफ्नो  सेवा विस्तार गर्ने क्रममा काठमाण्डौं जिल्लाको काठमाण्डौं महानगरपालिकास्थित वडा नं ११ बिशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

काठमाण्डौंस्थित बिशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७८ बैशाख ३ गते देखि कारोबार सुरु भएको हो। बिशेष अदालत परिसरमा २०७८ बैशाख ३ गते शुक्रबार  बिशेष अदालत काठमाण्डौेंका माननिय न्यायाधीश  प्रेमराज कार्किबाट एक समारोहका विच प्रभु बैंक लि. बिशेष अदालत काठमाण्डौं एक्स्टेन्सन काउण्टरको समुद्घाटन गर्नुभएको बैंकले    जनाएको छ ।  

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले बिशेष अदालत काठमाण्डौंमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित बिशेष अदालतमा  आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र बिशेष अदालतको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 

प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा ATM ५९ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बैंकले जनाएको छ ।