सुख्खा रानीपोखरीमा महानगरको दुई करोड डुब्यो

सुख्खा रानीपोखरीमा महानगरको दुई करोड डुब्यो

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ११, २०७६

काठमाडौं । रानीपोखरी निर्माणमा महानगरपालिकाले दुई करोड रूपैयाँ घाटा बेहोरेको छ । 

रानीपोखरी पुनर्निर्माण गर्न १० वैशाख ०७३ मा निर्माण व्यवसायी वल्र्डवाइड÷कँडेल÷के एन्ड केजी जेभीसँग ६ करोड २९ लाखमा सम्झौता भएको थियो । काम सुरु गर्न महानगरले दुई करोड तीन लाख रूपैयाँ भुक्तानी गरेको थियो । तर, पुरातात्व विभागले परम्परागत शैलीमा बनाउन निर्देशन दिएपछि करिब दुई वर्षपछि १२ पुस ०७४ मा ठेक्का रद्द भयो । जसका कारण निर्माण कम्पनीलाई भुक्तानी गरेको रकम महानगरलाई नोक्सानी भएको महालेखाले औँल्याएको समाचार आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन् ।