ओली प्रतिष्ठानका पुरस्कार : एक लाख सहितका छ वटाको घोषणा, ५ लाखकाेसहित दुईको स्थापना !

ओली प्रतिष्ठानका पुरस्कार : एक लाख सहितका छ वटाको घोषणा, ५ लाखकाेसहित दुईको स्थापना !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ४, २०७८

झापा । रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाद्वारा हरेक वर्ष प्रदान गरिने  विभिन्न विधाका सातौँ (सन् २०१९ तदनुरूप वि.सं.२०७६) र आठौँ पटक (सन् २०२० तदनुरूप २०७७)  विभिन्न व्यक्ति तथा संस्थालाई  पुरस्कारहरूद्वारा सम्मानित गरेको घोषणा गरेको छ  । 

प्रतिष्ठानले हरेक वर्ष  रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार, गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार, अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार ( १,०१,१११ सहित) र देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार  (५१,१११।– सहित ) प्रदान गर्दै आएको छ ।  

प्रतिष्ठानले २०७८ वैशाख ४ गते  झापा आयोजित पत्रकार सम्मेलनमा  दिएको जानकारी अनुसार  रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार (२०२०) का लागि कफी खेतीको विकास, प्रवर्धन, बजार विस्तार र निर्यात गरी कृषि क्षेत्रको दिगो विकासमा अनुकरणीय कार्य गरे बापत पाल्पा मदन पोखरा-७, का  ढकेश्वर घिमिरे र काठमाडौँ -३१, का प्रचण्डमान श्रेष्ठलाई संयुक्त रुपमा नगद १,०१,१११।– रुपियाँ सहित प्रदान गरिने छ । २०२० कै  १,०१,१११।– रुपियाँ सहितको  गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार कारागारका कैदी महिलाहरूसँग आश्रित तथा सहाराविहीन बालबालिकाहरूको शिक्षा, स्वास्थ्य, सीप विकास एवं लालन पालन, कारागारमा रहेका महिलाहरूको स्वास्थ्य तथा मानसिक स्थिति सुधार साथै कोभिड- १९ को महामारीमा नेपाली जनतालाई पुर्‍याएको सेवा बापत झापा, अर्जुनधारा- ११, का  इन्दिरा राना दिने निर्णय गरेको छ । त्यसैगरी  १,०१,१११।– रुपियाँ सहितको  अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार मोफसलमा लामो समय देखि नेपाली पत्रकारिता क्षेत्रमा उल्लेखनीय सेवा गरे बापत दाङ, घोराही उपमहानगरपालिका-१८ का दधिराम सुवेदीलाई छनौट  गरिएको छ । 

प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिने ५१,१११।– सहित  देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार २०२०को  समाजमा विभिन्न कारणले बहिष्करणमा परेका मुसहर समुदायका बालबालिकाको हक हित संरक्षण, बालविवाह विरुद्ध अभियान कार्यक्रमका साथै कोभिड- १९को महामारीमा नेपाली जनतालाई पुर्‍याएको सेवा बापत मोरङ, बुढिगंगा-२, को रक्षा किशोरी समूह प्रदान गर्ने  निर्णय गरिएको छ भने  खेलकुदमा श्रीप्रसाद नामको २५,१११।- नगद सहित सम्मान पत्रले सम्मान झापा जिल्ला, झापा गा.पा- २, सडकवारिकी  देवीका खड्काले तेह्रौँ साग खेलकुद प्रतियोगितामा जुडो खेलमा स्वर्ण पदक प्राप्त गरी राष्ट्रको गौरव बढाउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जुडो खेलमा विभिन्न पदकहरू हासिल गर्न सफल हुनु भएकोले प्राप्त सफलताको उच्च मूल्याङ्कन गर्दै  प्रदान गर्ने निर्णय गरिएको छ । 

 प्रतिष्ठान प्रदेश नं.१ र मुलुक बाहिर रहेर नेपाली भाषा साहित्यमा सक्रिय रुपमा कलम चलाउने नेपाली स्रष्टाहरू, सङ्घसंस्थाको सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको  श्रीप्रसाद ओली साहित्यिक पुरस्कार कविशिरोमणि लेखनाथ जन्म जयन्तीको दिन स्व.श्रीप्रसाद ओलीको स्मृतिमा भद्रपुर स्थित लेखनाथ पुस्तकालयद्वारा मनाइने लेखनाथ जयन्तीको वार्षिक कार्यक्रमको अवसरमा हरेक वर्ष ५१,१११/– रुपियाँको  को यस वर्ष चौथो पटक झापा जिल्ला सुरुङगा निवासी साहित्यकार कोमल प्रसाद पोखरेल सम्मानित र पुरस्कृत हुनुभएको जानकारी पनि गराइएको तियो ।

वैशाख १४ मा  पुरस्कार वितरण तथा सम्मान 

 रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार, गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार, अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार तथा देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारबाट क्रमशः सातौँ (सन् २०१९ तदनुरूप वि.सं.२०७६) र आठौँ पटक (सन् २०२० तदनुरूप २०७७) का लागि सम्मानित हुनुहुने व्यक्ति तथा संस्थालाई आगामी वि.सं.२०७८ साल वैशाख १४ गते मङ्गलवारका दिन तीन–तीन जना विधागत विज्ञहरूको पुरस्कार निर्णायक समितिबाट प्राप्त सिफारिस तथा संस्थाको निर्णयका आधारमा पुरस्कार तथा सम्मान वितरण कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति श्री जगमान गुरुङज्यूको प्रमुख आतिथ्यमा झापाको कनकाई नगरपालिका वार्ड नं. ३, खुरुङ्गा बजारमा स्थित उद्योग वाणिज्य सङ्घको भवनमा पुरस्कार वितरण गरिने पनि जानकारी  दिइएको  तियो । 

२०१९ मा वितरण गर्न बाँकी पुरस्कार वैशाख १४ मै

सन् २०१९का लागि सम्मानित गरिने भनिएका तपसिल बमोजिमका सम्मान तथा पुरस्कारहरू कोभिड–१९ का कारण सो वर्ष वितरण गर्न नसकिएकाले यस वर्ष सन् २०२० का लागि उल्लिखित चार विधाका पुरस्कारहरू एकल संयुक्त रुपमा प्रदान गरिने भएको छ । 

गत वर्ष नै  घोषित भई वितरण गर्न बाँकी  १,०१,१११।– नगद सहित पुरस्कार कृषिको आधुनिकीकरण, व्यवसायीकरण गर्न गाई पालन गरी दुग्ध उत्पादनमा मुलुकलाई आत्मनिर्भर गराउन योगदान पुर्‍याउनु हुने गोर्खा पालुङटार–७ का श्री राजेन्द्रराज पन्तलाई   'रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार'(२०१९),  नेपाली समाजमा ज्येष्ठ, असहाय, उत्पीडित एवम् अशक्त महिला, पुरुष तथा बालबालिकाहरूको सेवामा समर्पित दोलखा जिल्ला तामाकोसी–२, झुलेकी सृजना कार्कीलाई  'गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार' (२०१९)।  नेपाली भाषा र साहित्यको उत्थानमा निरन्तर साधनारत झापा भद्रपुर–१०का चूडामणि रेग्मीलाई 'अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार'(२०१९) र ५१,१११।–  नगदसहित  गायनका माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन सफल सुनसरी, इटहरी विश्व आदर्श एकेडेमी कक्षा-८ मा अध्ययनरत झापा शिवसताक्षी-५, मङ्गलबारेका प्रितम आचार्यलाई  'देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार' (२०१९) सम्मानित गरिने समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको तियो । 

पुरस्कार स्थापना 

यस प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको माथि उल्लिखित चार वटा पुरस्कारसहित 'श्री प्रसाद ओली प्रज्ञान पुरस्कार' थप गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्रको गरिमा बढाउन योगदान पुर्‍याउने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यक्ति, सङ्घ, संस्थाहरू मध्येबाट छनौट गरी प्रत्येक दुई वर्षमा रु. ५,००,०००,( रुपियाँ पाँच लाख मात्र) राशि सहित बि.सं. २०७९ देखि एकल वा संयुक्त रुपमा सम्मानित तथा पुरस्कृत गरिने परस्कारकाे स्थापन गरेको छ  भने  रुद्र–गौरी, श्री अम्बिका ओली प्रतिष्ठानका संस्थापक कार्य समिति सदस्य  बद्री प्रसाद ओलीको २०७६ चैत्र ७ मा ब्रेन क्यान्सर रोगबाट ५९ वर्षको उमेरमा भएको निधन भएको र उहाँको  स्मृतिमा क्यान्सर सम्बन्धी र यस्तै प्रकृतिका रोग निवारणको खोजीमा लागेका व्यक्ति, सङ्घसंस्था मध्ये वाट प्रति वर्ष १,०१,१११ रुपियाँको सम्मान पुरस्कारको स्थापना गरिएको  समेत जानकारी दिइएको  थियो । 

सहयोग प्रदान 

प्रतिष्ठानले  कोभिड जोखिम न्यूनीकरणमा सहयोग समेत उपलब्ध गराएको जानकारी पनि गराएको छ । यही  वर्ष झापा जिल्ला कारागारमा रहेका महिलाहरूलाई खेलकुदमा सहभागी गराउने उद्देश्यले खेलकुदका सामाग्रीहरू वितरण गरिनुका साथै कोभिड–१९ को उपचारका लागि कनकाई न.पा सुरुङमा ल्याब स्थापनाका गर्न 'एकका लागि एक अभियान'सँग हातेमालो गदै  २०५०००।– ( दुई लाख पाँच हजार रुपियाँ ) सहयोग प्रदान  समेत गरेको छ ।  खाने पानीमा श्री प्रसादको स्मृतिमा पौराणिक महत्त्व बोकेको साघुटार वेद वेदाङ्ग विद्यालयको प्राङ्गणमा एकला लिटर क्षमताको पानी टेंकी निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिसकेको छ ।