जोखिमयुक्त पेट्रोलपम्प हटाउने तयारीमा महानगर

जोखिमयुक्त पेट्रोलपम्प हटाउने तयारीमा महानगर
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ११, २०७६

काठमाडौं । काठमाडौं महानगरपालिकाले जोखिमयुक्त पेट्रोलपम्प हटाउने भएको छ ।

मापदण्डविपरीत सडक आसपास र जनघनत्व बढी भएका ठाउँमा रहेका पेट्रोलपम्प हटाउन लागेको महानगरले जनाएको छ । 

महानगरले सहरी सुव्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरको नेतृत्वमा प्रहरी र आयल निगमका प्रतिनिधि सम्मिलित अध्ययन टोली बनाएको खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।