मालपोत र वनका आठ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत र वनका आठ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ११, २०७६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत र वन कार्यालयका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । 

मंगलबार दायर दुई मुद्दामा आठ जनालाई प्रतिवादी बनाइएको छ । आयोगले नक्कली कागजपत्रका आधारमा एउटाको जग्गा अर्काे व्यक्तिको नाममा पास गरिदिने मालोपात कार्यालय सुनसरीका चार कर्मचारी तथा वडाअध्यक्षविरुद्ध मुद्दा दायर गरेको छ । 

तत्कालीन मालपोत अधिकृत फणिन्द्र भट्टराई, नासु डिल्लीराम कोइराला, सर्वेक्षक योगेन्द्रप्रसाद यादव, खरिदार श्यामप्रसाद लो, धरान नगरपालिका–१४ का तत्कालीन वडाअध्यक्ष कर्णबहादुर राईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।