अडानद्वारा ४ उम्मेदवारहरूको घोषणा, ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

अडानद्वारा ४ उम्मेदवारहरूको घोषणा, ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ५, २०७८

नेपाल अडिटर्स एसोसिएसन (अडान) को आज बसेको केन्द्रीय समितिको २०७८ वैशाख ०४ गते शनिवार बसेको बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवौँ परिषद्को निर्वाचनलाई व्यवस्थित गर्न रजिस्टर्ड अडिटर्सहरुको तर्फबाट उपाध्यक्ष पोषराज नेपाल, उपमहासचिव भोला नाथ पाठक, सचिव शङ्कर ज्ञवाली र गण्डकी प्रदेश समितिका अध्यक्ष केश बहादुर केसीलाई सर्वसम्मतिले उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।

अडानका उपाध्यक्ष एवं संयोजक प्रचार प्रचार समिति डोल प्रसाद दाहालका अनुसार बैठकले  सर्वसम्मतिले उम्मेदवारको रुपमा सिफारिस गरेका  ४ जना उम्मेदवारहरूलाई विजयी गराउनका लागि वरिष्ठ उपाध्यक्ष केदार नाथ पौडेलको संयोजकत्वमा सबै केन्द्रीय पदाधिकारी एवं सदस्यहरू, प्रदेश तथा जिल्लाका पदाधिकारी एवं सदस्यहरू समेत रहेको ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन समेत गठन न गरेको छ ।