नेपाल राष्ट्र बैंक : पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गरिँदै

नेपाल राष्ट्र बैंक : पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री  गरिँदै

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख ५, २०७८

 काठमाडाैँ । नेपाल राष्ट्र बैंकले  आज २०७८ बैशाख छ गते सोमबार  पाँच अर्ब २० करोड रुपियाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ । 

सूचना अनुसार  २० करोड रुपियाँ बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ । सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ । यस्तै पाँच अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल भने कूल १८२ दिनका लागि विक्री गरिने छ । सो बिल भने आगामी कात्तिक २ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले यसअघि गत चैत ३० गते  २० अर्ब २५ करोड रुपियाँ बराबरको ट्रेजरी बिल विक्री गरेको थियो ।