राप्रपा–सरकार वार्ता

राप्रपा–सरकार वार्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ११, २०७६

काठमाडौं । हिन्दू राज्य स्थापना र धर्मनिरपेक्षता खारेजीको माग गर्दै आन्दोलनरत राप्रपासँग सरकारले मंगलबार वार्ता गरेको छ ।

सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानको दायराभित्र बसेर मात्र माग सम्बोधन गर्न सकिने जवाफ राप्रपालाई दिएका छन् । 

राप्रपाका तर्फबाट वार्ता समितिका संयोजक दीपक बोहरा र केन्द्रीय सदस्य निरञ्जन थापा मन्त्रीसँगको वार्तामा गएको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।