पुनर्निर्माणलाई साढे चार खर्ब पुगेन

पुनर्निर्माणलाई साढे चार खर्ब पुगेन

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख ११, २०७६

काठमाडौं । २०७२ को भूकम्पपछिको पुनर्निर्माणमा करिब साढे छार खर्ब अपुग हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले मंगलबार पत्रकार सम्मेलन गर्दै पुनर्निर्माणको अवस्थाबारे जानकारी गराएको हो । 

सम्मेलनमा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका लागि बजेट अभाव हुने बताए । ‘आवश्यक बजेटका लागि दातृ निकाय र अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ,’ उनले भने, ‘केही दातृ निकाय प्रतिबद्धताभन्दा बढी रकम दिन तयार भएका छन् ।’ 

पुनर्निर्माणका लागि ४ खर्ब २९ अर्ब अपुग हुने देखिएको ज्ञवालीले बताएको समाचार आजको कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले लेखेका छन् ।