अफगानिस्तानको बाघलान भिडन्तमा आठको मृत्यु

अफगानिस्तानको बाघलान भिडन्तमा आठको मृत्यु

लोकसंवाद संवाददाता  |  विदेश  |  बैशाख ६, २०७८

एजेन्सी ।  युद्धग्रस्त अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा सोमबार भएको भिडन्तमा छ जना विद्रोही र दुई जना सुरक्षाकर्मीको मृत्यु भएको छ । 

प्रान्तीय प्रहरी प्रवक्ता अहमद जावेद बशारातले बाघलान ए मर्काजी जिल्लाको सुरक्षा जाँच चौकीमा तालिबान लडाकू समूहले सुरक्षाकर्मीले आक्रमण गरेपछि सोमबार बिहानै भिडन्त भएको बताउनुभयो ।

विद्रोही तालिबानले आफ्ना छ जना साथीको शव छाडेर भागेको पनि उहाँले जानकारी दिनुभयो । 

भिडन्तमा छ जना सुरक्षाकर्मी र आठ जना विद्रोही घाइते भएका छन् । बशारातले भन्नुभयो, सुरक्षाकर्मीले बाघलान ए मार्काजी जिल्ला र त्यस आसपासमा सक्रिय विद्रोही विरुद्धको कारबाही जारी राखेका छन् । 

उक्त भिडन्तका बारेमा बाघलानका तालिबानी विद्रोहीले कुनै प्रतिक्रिया दिएका छैनन् ।