ग्यास उद्योगीलाई थप कमिसन

ग्यास उद्योगीलाई थप कमिसन

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख ११, २०७६

काठमाडौं । आयल निगमले ग्यास उद्योगीलाई वार्षिक करिब ९६ करोड रूपैयाँ थप कमिसन दिने निर्णय गरेको छ । 

कमिसन वृद्धिको माग गर्दै ग्यास उद्योगीहरू विरोधमा उत्रिएपछि प्रतिसिलिन्डर करिब २८ रूपैयाँ थप गरिएको हो । वृद्धि गरिएको कमिसन बिहीबारदेखि लागू हुने समाचार कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।