कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु

कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  बैशाख ७, २०७८

गोरखा । गोरखा नगरपालिका–१४ का एक पुरुषको कोरोना सङ्क्रणमबाट आज मृत्यु भएको छ । भारतबाट फर्किएका ५५ वर्षीय ती पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो । 
 
“बिहान करीव ११ः३० बजे उपचारका क्रममा मृत्यु भएको पुष्टि परिवारले गरेको छ”, वडाध्यक्ष खड्काले भन्नुभयो, “मृतकको शव उतै व्यवस्थापनका लागि परिवारका सदस्य अस्पताल पुगेका छन् ।” वैशाख ४ गते स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि भरतपुर लगिएका ती पुरुषमा सोमबार मात्र कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । 
   
भारतमा लामो समयसम्म रोजगारीका सिलसिलामा रहेका उनी केही समयअघि मात्र घर फर्किएका वडाध्यक्ष खड्काले बताउनुभयो । कोरोना सङ्क्रमणबाट मृत्यु भए ती पुरुषको सम्र्पकमा आएकाको तत्काल कन्टयाक्ट ट्रेसिङ गरी स्वाब सङ्कलनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । 
  
सङ्क्रमितको सम्र्पकमा रहेकार्लाइ सुरक्षित रहन आग्रह गरिएको र आवश्यकताअनुसार स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइने गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिनुभयो ।