थप एक हजार ७३६ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

थप एक हजार ७३६ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  बैशाख ७, २०७८

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ७३६ मा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ७३८ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यसमा आठ हजार ५५ को पिसिआर र ६८३ को एन्टीजेन परीक्षण गर्दा क्रमशः एक हजार ६६९ र ६९ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ । त्यस्तै पछिल्लो समय थप २५१ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई  लाख ७५ हजार ८०६ रहेको छ । निको हुने दर भने ९५ दशमलव नौ प्रतिशत रहेको छ । 

अहिले देशभर आठ हजार ६५९ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ९२ क्वारेन्टिनमा रहेका छन् । अन्य  आइसोलेसनमा रहेका छन् । हालसम्म नेपालमा २३  लाख ६०  हजार ५५७ को पिसिआर परीक्षण भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृत्यु सङ्ख्या ११ रहेको छ भने पछिल्लो १२ घण्टामा तीन जनाको मृत्यु भएको छ । हालसम्म तीन हजार १०२ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय सङ्क्रमण भएकामा १९३ बालबालिका रहेका छन् । यसमा नौ वर्षसम्म उमेर समूहका ४३ र १० देखि १९ वर्ष समूहका १५० जना रहेको जनाएको छ ।