राष्ट्र बैङ्कद्वारा वैशाख २७ भित्रै आफूसँग भएको कतारी रियाल साटी सक्न आग्रह

राष्ट्र बैङ्कद्वारा  वैशाख २७ भित्रै आफूसँग भएको कतारी रियाल साटी सक्न आग्रह

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख ८, २०७८

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ ।

केन्द्रीय बैंकले २०७८ बैशाख ७ गते एक सूचना जरी गरी सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको हो ।

त्यसपछि कारोवार बन्द हुने सूचनामा उल्लेख छ । कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट आगामी असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ ।

सो अवधिभन्दा अगावै सटहीका लागि समयसीमा तोकिएको हो । वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुनसक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको केन्द्रीय बैंकको भनाइ छ ।