खेलकूद महासङ्घ : पुरुषोत्तम पौडेल पदमुक्त, नयाँ अध्यक्षमा रमेश पौडेल

खेलकूद महासङ्घ : पुरुषोत्तम पौडेल पदमुक्त, नयाँ अध्यक्षमा रमेश पौडेल

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ८, २०७८

 काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) निकट नेपाल खेलकूद महासङ्घको राष्ट्रिय भेलाले अध्यक्षमा रमेश पौडेललाई चयन गरेको छ ।

‘खेलकूद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारासहित २०७८ बैशाख ठ गते मंगलबार सम्पन्न सो महासङ्घको भेलाले अध्यक्ष पुरुषोत्तम पौडेलले सङ्गठन विरोधी गतिविधि गरेको भन्दै उहाँलाई पदमुक्त गरी युवा सङ्घ नेपालका पूर्व अध्यक्ष रमेश पौडेललाई अध्यक्ष चयन गरेको हो । 

भेलाले पुनः गठन गरेको ५५१ सदस्यीय केन्द्रीय कमिटीको उपाध्यक्षमा पर्शुराम बस्नेत, प्रभातविक्रम कटवाल, ध्रुव आचार्य, निरेशलासिंह, सुदर्शन गुरुङ, सुवास श्रेष्ठ, जीतेन्द्र दाहालसहित १२ जना र महासचिवमा मेघराज पौडेललाई चयन गरेको छ ।

अध्यक्षको जिम्मेवारी ग्रहण गर्दै संयोजक पौडेलले पूर्वाध्यक्ष पुरुषोत्तम पौडेल राजनीति र खेलकूदको मूल मार्गबाट विचलित भई गुटबन्दीमा सक्रिय भएकाले भेलाले कारवाही गरेको बताउनुभयो । उहाँले महासङ्घलाई खेल, खेलाडी,  प्रशिक्षक र खेलप्रेमीको साझा सङ्गठन बनाइने देशव्यापी सङ्गठन विस्तार अभियान सञ्चालन गर्ने उद्घोष गर्नुभयो ।