हवाई इन्धनको मूल्य घट्यो

हवाई इन्धनको मूल्य घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख ११, २०७६

काठमाडौं । दुई महिनादेखि पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको नेपाल आयल निगमले हवाई इन्धनको मात्र मूल्य घटाएको छ।

निगमले अन्तर्राष्ट्रिय उडानतर्फको मूल्य मंगलबार राती १२ बजेबाट कार्यान्वयन हुने गरी प्रति किलोलिटर ७५ डलर घटाएको हो। आन्तरिक उडानतर्फको मूल्य भने यथावत रहेको निगमले जनाएको छ। 

अन्तर्राष्ट्रिय उडानतर्फ प्रति किलोलिटर ११ सय २५ बाट घटाएर एक हजार ५० डलरमा झारिएको निगमले जनाएको छ। हवाई इन्धनमा नाफा रहेकाले मूल्य समायोजन गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए। डिजेल, पेट्रोल, मट्टीतेल, खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।