माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ८, २०७८

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ ।

आजको बैठकमा पार्टीको विधान संशोधनलगायतका विषयमा छलफल हुने बताइएको छ । मंगलबारको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई आफूहरूको समर्थन नरहेको र समर्थन नरहेको कुरा औपचारिक रूपमा लेखेर दिन मात्र बाँकी रहेको बताएका थिए ।

पार्टीले ओली नेतृत्वको सरकारलाई विस्थापित गर्दै वैधानिक रूपले अर्को सरकार बनाउने प्रक्रियाको पहलकदमी लिने पनि उनले बताए ।
 राजनीतिक अन्यौल सिर्जना नहोस् भनेर आफूहरूले सुविचारित ढंगले कदम चाल्ने उनको दाबी थियो ।