डडेलधुरामा बस दुर्घटना, ५ को मृत्यु

डडेलधुरामा बस दुर्घटना, ५ को मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ११, २०७६

डडेलधुरा । डडेलधुराको गन्यापधुरा गाउँपालिका–१, साहुखर्कमा बस दुर्घटनामा हुँदा ५ जनाको ज्यान गएको छ । 

धनगढीबाट बझाङ जाँदै गरेको ना६ख १८३१ नम्बरको बस बुधबार बिहान पौने ५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा तीन पुरुष र दुई महिला रहेको प्रहरीले जनाएको छ । मृतकको अझै सनाखत हुन सकेको छैन । 

दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूलाई उपचार गर्न उपक्षेत्रीय अस्पताल डडेलधुरा लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस सडकबाट सय मिटर तल खसेको थियो ।