सभामुख सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ आज

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतको संवैधनिक इजलासमा सुनुवाइ हुने गरी आजको पेशीमा चढेको छ । गत माघ २३ मा संवैधानिक इजलासमा पेसी चढे पनि यो मुद्दामा हेर्न नभ्याइनेमा परेको थियो ।