आइपिएल प्रिभ्यु : बैंग्लोरले प्लेअफको सम्भावना कायम राख्न सक्ला ?

आइपिएल प्रिभ्यु : बैंग्लोरले प्लेअफको सम्भावना कायम राख्न सक्ला ?
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ११, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बुधबार राती किंग्स इलेभन पञ्जाव र रोयल च्यालेन्जर्स बैंग्लोर प्रतिष्पर्धा गर्दैछन् । 

पञ्जाव आजको खेल जितेर प्लेअफमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने लक्ष्यमा छ भने बैंग्लोर पनि खेल जितेर प्लेअफको सम्भावनालाई कायम राख्ने दाउमा छ । 

१० खेल खेलेको पञ्जाज १० अंकसहित अंकतालिकाको पाँचौ स्थानमा छ । समान खेल खेलेको बैंग्लोर भने ६ अंकका साथ पुछारमा छ । 

प्लेअफको सम्भावनाका लागि दुवै टिमका लागि जित आवश्यक भएकाले आजको खेल रोचक हुने देखिन्छ । तर, खेल जित्न भने कुनै टिमलाई पनि सहज देखिँदैन । 
बैंग्लोरका लागि पञ्जावका क्रिस गेल र केएल राहुलको जोडी बाधक बन्न सक्छन् । गेल चालू आइपिएलमा सर्वाधिक रन बनाउने सूचीमा तेस्रो छन् भने राहुल पाँचौं । 
बैंग्लोरका एबी डिभिलियर्स, विराट कोहली, मोइन अलीले खेलको पासा पलट्ने क्षमता राख्छन् । 

सर्वाधिक रन बनाउनेको सूचीमा कोहली सातौं र डिभिलियर्स दसौँ स्थानमा छन् । यस्तोमा टिमको जितमा कन्डिसनले प्रभाव पार्न सक्छ । बैंग्लोरका लागि घरेलु मैदान ‘प्लस प्वाइन्ट’ बन्न सक्छ । 

हेड टु हेडमा पञ्जाव अघि 

यी दुई टिमबीचको हेड टु हेड खेलमा पञ्जाव अघि देखिएको छ । पञ्जावले २३ मध्ये १२ खेल जितेको छ । बैंग्लोरले ११ खेलको नतिजा आफ्नो पक्षमा पारेको छ । 
बैंग्लोरमा भएका १० खेलमा भने दुवैले समान ५ मा जित हासिल गरेका छन् ।