एक हजार सात सय छयहत्तर पृष्ठको  चिकित्सा शब्द सागर नामक बृहत् शब्दकोशको  लोकार्पण

एक हजार सात सय छयहत्तर पृष्ठको  चिकित्सा शब्द सागर नामक बृहत् शब्दकोशको  लोकार्पण

लोकसंवाद संवाददाता  |  साहित्य  |  बैशाख ८, २०७८

 काठमाडौँ । एक हजार सात सय छयहत्तर पृष्ठको  चिकित्सा शब्द सागर नामक बृहत् शब्दकोश  संयुक्त रुपामा लोकार्पण गरिएको छ ।

शब्दार्थ प्रकाशन चाबेल, काठमाडौँले दिएको जानकारी अनुसार २०७८ वैशाख ८ बुधवार  त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र विभागका डीन प्रा डा. दिव्या सिंहको  काठमाडौँ विश्वविद्यालय चिकित्सा शास्त्र विभागका डीन प्रा. डा. राजेन्द्र कोजु, नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा. गोमादेवी निरौला, तथा नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष डा. मोहनकृष्ण श्रेष्ठ प्रमुख आतिथ्यमा संयुक्त रुपामा लोकार्पण गरिएको हो ।

 नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा विनयकुमार शर्मा नेपाल, प्रकाशमणि दाहाल, डा. कमल शर्मा लम्साल र डा. विपिन नेपालद्वारा संयुक्त रूपमा सम्पादित Dictionary of Medical, Nursing & Allied Health  (चिकित्सा शब्द सागर) नामक बृहत् शब्दकोशको बजारमा ल्याइएको हो । 

प्रा. राजेन्द्र सुवेदीको सभापतित्वमा यादव भट्टराईबाट सञ्चालित उक्त कार्यक्रममा सम्पादक विनयकुमार शर्मा नेपालले स्वागत गर्दै पुस्तकको गर्भको इतिहास बताउनुभयो यसै गरी पुस्तकको बारेमा प्रा.डा. लक्ष्मण गौतमले प्रकाश पार्नुभयो भने कार्यक्रमलाई त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र विभागका डीन प्रा डा. दिव्या सिंह,  काठमाडौँ विश्वविद्यालय चिकित्सा शास्त्र विभागका डीन प्रा. डा. राजेन्द्र कोजु, नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा. गोमादेवी निरौला र नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष डा. मोहनकृष्ण श्रेष्ठले पनि सम्बोधन गर्नु भएको  थियो । 

शब्दार्थ प्रकाशनले दिएको जानकारी अनुसार  बजारमा ल्याएको  पुस्तक विवरण यस प्रकार रहेको छ । 

१. १७७६ पृष्ठ पाठ्य सामग्री
२. १२८ पेज रङ्गिन चिकित्सासम्बन्धी चित्रहरूको एट्लस
३. १२ पृष्ठ भूमिका तथा शुभकामना
४. जम्मा १९२० पेज
५. १८–२५ सेन्टिमिटर, हार्ड कभर
६. भाषा : अङ्ग्रेजी अङ्ग्रेजी नेपाली
७. सम्भवतः हालसम्मकै सबैभन्दा धेरै पृष्ठको शब्दकोश
८. उपयोगी : चिकित्सासम्बन्धी क्षेत्रमा कार्यरत, अध्ययनरत डाक्टर, नर्स, अस्पताल, कलेजका साथै प्रशासन, अदालत,  प्रहरी आदि ।