६ एयरलाइन्स डुबे

६ एयरलाइन्स डुबे

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख ११, २०७६

काठमाडौं । भारतका ६ एयरलाइन्स डुबेका छन् । भारतमा सन् २०१२ यता ५ वटा एयरलाइन्स डुबेका हुन् । 

किङ फिसर विजय माल्याको कम्पनी सन् २०१२ मा बन्द भयो । त्यसैगरि हालै मात्रै जेट एयरवेज पनि बन्द भएकोे छ । 

सन् २०१३ बाट सञ्चालन भएको जूम एयर एयरलाइन्स सन् २०१८ मा बन्द भयो । 

२०१६ देखि सुरु भएको अर्को कम्पनी एयर कार्निवल सन् २०१७ मै बन्द भयो । अर्को एउटा एयरलाइन्स एयर कोस्ट २०१६ मा सञ्चालन भएर सन् २०१७ मै बन्द भयो । एयर पेगसास सन् २०१५ मा सुरु भएकोमा सन् २०१६ बन्द भयो ।

यसरी भारतमा एकपछि अर्को एयरलाइन्स बन्द हुनुमा महँगो इन्धन, जिएसटी र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुनु मुख्य कारण भएको देखाइन्छ । भारतीय सिभिल एभिएसनले सन् २०१८ मा १३९० लाख यात्रुले यात्रा गरेको देखाउँछ । भारतमा अरु देशको तुलनामा इन्धन्को मूल्य १० प्रतिशत बढी छ । एयरपोर्ट शुल्क पनि महँगो छ । विदेशी मुद्रामा टिकट किनेमा १.९३ डलर पिएसएफ शुल्क तिर्नुपर्छ । भारतमा जिएसटी लागू भएपछि एयरलाइन्स कम्पनीलाई २७ प्रतिशतले परिचालन लागत बढेको कम्पनीको गुनासो छ । 

कम्पनीले आन्तरिक र बाह्य उडानका लागि क्रमशः ४५ र ७७ भारतीय रूपैयाँ यात्रु सेवा शुल्क तिर्नुपर्छ । आइएटिएको रिपोर्टमा भारतमा हवाइ यात्रुको संख्या १० प्रतिशतले बढ्दै गइरहेको छ ।

– एजेन्सीको सहयोगमा