कोरोनाले अर्थतन्त्र सङ्कटमा, ठूला योजनाहरूमा चलखेल र भागबन्डा नमिल्दा अस्थिरता

कोरोनाले अर्थतन्त्र सङ्कटमा, ठूला योजनाहरूमा चलखेल र भागबन्डा नमिल्दा अस्थिरता

योगी कुलचन्द्र  |  दृष्टिकोण  |  बैशाख ९, २०७८

कोरोनाको महामारीको दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा छौँ । उता भारतमा कोरोना महामारीबाट एकै दिनमा दुई लाख भन्दा बढी कोरोना सङ्क्रमितहरू फेला पर्न थालिसकेका छन् ।  खुल्ला सिमानाका कारण नेपालमा पनि कोरोना सङ्क्रमितहरूको दर व्यापक रुपमा नफैलेला भन्न सकिने अवस्था छैन । 

सरकारले २५ जनाभन्दा बढी भेला र जमघट गर्न नपाइने भने पनि व्यवहारमा यो  लागु भएको पाइँदैन । भक्तपुरमा बिस्केट जात्रा पर्व नयाँ वर्षमा मनाउने परम्परागत चलन छ । यस वर्ष जात्रा समारोह भिड नगर्ने भन्दा सरकारी निर्णय  भक्तपुर प्रशासन कार्यालयले गर्दा स्थानीयवासीले जात्रा मनाउनै पर्ने संस्कृति परम्परालाई कायम गर्नका लागि भनी विरोध प्रर्दशन तथा जन दबाब प्रशासन कार्यालय घेर्ने काम भयो र अदालतले जात्रा गर्नका लागि अनुमति आदेश नै दिएको छ । जात्रा धूमधाम र भिडभाडका साथ मनाएको अवस्था छ । 

 यस्ता सामाजिक परम्परा र जीवनशैलीमै अस्थिरता र भयावह अवस्थाको सिर्जना कोरोना भाइरसले ल्याउने सम्भावना छ । बैलैमा प्रत्येक व्यक्ति सजक र अरूलाई पनि मास्क तथा स्यानिटाइजर एवं रुघाखोकी ज्वरोको शङ्का भएमा तुरुन्त नजिकको स्वास्थ्य चौकी वा अस्पताल, क्वारेन्टाईनहरुमा जँचाउनु जरुरी छ ।  व्यक्ति तथा समुदाय समाजको सुरक्षा गर्नु सरकारको दायित्व पनि हो । तर व्यक्ति र सङ्घसंस्थाहरू नै सरकारको नीति नियम ऐनको पालना गर्दैनन् र आ आफ्ना कार्यक्रमहरू सञ्चालन गर्दै जाने, भेटघाट सभा सम्मेलनलाई बढवा दिँदै कोरोनालाई सामान्य ठान्दै जाने हो भने अवस्था भयावह र डरलाग्दो बन्ने छ, आफू पनि बाँचौँ र कोरोनाबाट अरूलाई पनि बचाऔँ भन्ने नारा केवल खोक्रो हुनसक्छ किनकि दोस्रो चरणको कोरोना पहिलो चरणको भन्दा विशेष प्रकृतिको भिन्न तथा आक्रामक किसिमको छ भनी स्वास्थ्य विशेषज्ञहरूले बताउने गरेका छन् । उपचार क्रम झनै जटिल रहेको बताउन थालिएको छ । 

मानिसहरू खुल्ला र विना मास्क हिँडडुल गरेको देखिन्छ । सभा सम्मेलनमा उच्च तहका व्यक्तिहरूले मास्कको केही प्रयोग गरेता पनि भाषण र नाराबाजी विरोध गर्दा मास्कको प्रयोग नभएकै हुन्छ । फेरी भोज भतेर गर्दा खाना खाँदा मास्क लगाउने त हुँदैन नि !  हेर्दा सामान्य लाग्ने कुरा भएता पनि कोरोनाको कहर देशमा व्याप्त हुँदै सङ्क्रमण हाम्रै व्यवहारले दिन प्रति दिन बढ्दो छ । शैक्षिक संस्थाहरूमा केटाकेटीहरू विद्यालय जान तीन हप्ताका लागि बन्द सरकारले भनेर निर्णय गरेता पनि कतिपय शैक्षिक क्षेत्रका बोर्डिङ स्कुलहरूले भने भर्खर केही समय शैक्षिक संस्था खोलिएको, आफ्नो शुल्क र व्यापारका लागि बोर्डिङ केही जोखिममा रहेको क्षेत्र बाहेकमा विद्यालय चलाउने अडानमा रहेका छन् भन्ने समाचारहरू आएका छन् । 

आफू र आफ्नो समाज र राष्ट्रको विकासकालागि स्वास्थ्य, शिक्षा, रोजगारी र वातावरणका विषयहरूमा जानकारी राखी देशका योजनाहरूमा चासो लिई आफ्ना र भावी सन्ततीहरुलाई, सिकेका सीप ज्ञान बाँंडौं र राष्ट्रलाई माया गरौँ स्वदेशी बस्तु सामान, विद्युतीय यातायात योजना, स्वास्थ्य र स्वच्छ खानेपानी, हरियाली वातावरण निर्माणमा जोड दिनु आजको आवश्यकता राष्ट्रको विकास र सम्बृद्धिका लागि नै हो ।

देशमा कोभिडको समस्या ह्वात्तै बढ्न सक्ने अवस्था छ किनकि पहिलै कोरोना नभएको अवस्था झैँ मानिसहरूको चहलपहल बजार र भिडभाड यत्रतत्र देखिन्छ  त्यसमा अधिकांशले मास्क तथा स्यानिटाइजरको प्रयोग ज्यादै न्यूनरुपमा गरेको देखिन्छ । खुल्ला बजार, यातायात, चाड, स्थानीय पर्वहरूमा मानिसहरूको गतिविधि पूर्वा अवस्थाको जस्तो बन्दै गएको छ । आफ्नो आनीबानी व्यवहार र पटक पटक हात धुने र सुरक्षित तरिका र माध्यमहरू नअपनाउने हो भने स्थिति भयावह हुन सक्दछ । यातायात, विद्यालय, पसल व्यवसाय, सिनेमा हल, सार्वजनिक क्षेत्रहरू सञ्चालनमा आउँदा सामाजिक दुरी कायम भएको पाइँदैन । 

एका तर्फ कोरोनाको सङ्क्रमण दर बढ्दो छ भने अर्को तर्फ स्थानीय सर्वसाधारण दैनिक गुजारा चलाई काम गरी माम आर्जन गर्नेहरूका लागि कोरोना चुनौतीपूर्ण र कष्टकर जीवन बन्दै गएको छ । दैनिक गुजारा चलाउने मात्र हैन लामो समय रोजगारी नपाएका नभएको होटेल, ट्रेकिङ, पर्यटन व्यवसायमा सम्बद्ध व्यक्तिहरूको दैनिक आर्थिक जीवन पनि निक्कै कष्टकर बन्दै गएको छ ।  सरकारले यस्ता व्यक्तिहरू जो बेरोजगार छन् तथा जसको घरबार काठमाडौँमा  छैन र जो डेरावाल छन् तीनका लागि के कस्तो कार्यक्रम ल्याउने हो कोरोना कहरमा स्वास्थ्य भोजन तथा वासस्थान, सुरक्षा को व्यवस्थाको चाँजोपाँजो कसरी मिलाउने हो यो विषय चुनौतीपूर्ण र जटिल छ । सङ्घ संस्थाहरूबाट स्वास्थ्य स्वयंसेवी एवं स्वयम् सेवकहरूको समूह दल बनाई विशेष स्वास्थ्य स्वयंसेवक सामाजिक परिचालन कार्यक्रम ल्याउन’ पर्ने अवस्था छ । बेलैमा यसकालागि आपत् कालिन कार्यक्रम तथा बजेट छुट्टाउनु पर्ने देखिन्छ ।

एकातिर राजनीतिक घट्नाक्रमहरु थरी थरीको दाउपेच र सरकारमा को जाने भन्नेमा पार्टीहरूको भेला र बैठकहरू बढ्दै गएको अवस्थामा, भर्खर केही हदसम्म कोरोनाले थलिएको अर्थतन्त्रमा सामान्य मलमपट्टी दैनिक व्यवसाय, रोजगारीका अवसरहरू बन्दै गएको वातावरणमा यो दोस्रो चरणको कोरोनाले पुनः हाम्रो दैनिक जीवनलाई कष्टकर बनाउँदै लगेको छ । सरकारले आर्थिक वृद्धिदर सात प्रतिशतको लक्ष्य लिएको भएता पनि करोना, अस्थिर र अन्योल तथा विभिन्न व्यवस्थापकीय कमी कमजोरीका कारण यस वर्षको आर्थिक वृद्धिदर १ प्रतिशतभन्दा माथि उठ् नसक्ने छाँट छैन ।

विश्व बैक तथा एसियाली बैकहरूले नेपालको अर्थतन्त्र निक्कै नाजुक र खस्कने प्रक्षेपण प्रतिवेदनहरू सार्वजनिक गरिसकेको छ । एकातर्फ सरकारले विकास निर्माण र सडकहरूको शिलान्यासहरू भएका छन् यद्यपि निर्माण कार्यहरू ज्यादै न्यून बन्दै जाने अवस्था फेरी यो कोसो चरणको कोभिडले ल्याएको छ ।   विकास खर्च न्यून देखिने अवस्था आएको छ । राजनीतिक अस्थिरता र कोरोनाको कहरले आम मानिसको मनस्थिति र दैनिक जनजीवन, कार्य गर्ने तौर तरिकामै फरकपन आएको छ । समग्रमा आम जनता निराशा, अन्योलको मनस्थितिमा बांँच्नकैलागि दैनिक सङ्घर्षरत छन् । अविश्वास र सङ्कटको स्थितिमा समग्र देश गुज्रँदै गएको छ ।भाषण, गाली गलौच, हिलो छ्यापाछ्याप, सत्ताको लोभ ललचा र कुर्ची मोहको हानाथापीले सर्वसाधारणमा राजनीतिक वितृष्णा बढेको छ । 

गर्मी मौसम शुरु भएसंगै विभिन्न धूलो धुवाँ वायु प्रदूषण तथा डढेलोले कुहिरा मण्डल वातावरण छ भने यातायातका साधनहरूको चाप बढ्दो छ । जनस्वास्थ्यमा वायुप्रदुषणले गर्मी मौसम सुरु भयसँगै विभिन्न धूलो धुवाँ वायु प्रदूषण तथा डढेलोले कुहिरा मण्डल वातावरण छ भने यातायातका साधनहरूको चाप बढ्दो छ । जनस्वास्थ्यमा वायुप्रदुषणले नराम्रो असर गरेको छ भने दैनिक उपभोग्य बस्तुहरूमा स्वच्छ ताजाभन्दा मिसावटयुक्त खाना खानेवानीले गर्दा मानवको स्वास्थ्यमा प्रतिकुल असर परि रोग विरुद्ध लड्ने क्षमतामा ह्रास आउँदै गएको छ । एका तर्फ बाटोघाटा ठुला योजनाहरूको निर्माण तथा शिलान्यासहरू धमाधम भएका छन् भने अर्को तर्फ धूलो धुवाँले मानिसको श्वास प्रश्वास फोक्सोमा असर पारेको अवस्था छ । 

जसको कारणले श्वास प्रश्वास र स्वास्थ्य सम्बन्धी रोगहरू बढी रहेको हालको अवस्थामा, मास्कको प्रयोग दैनिक अनिवार्य रुपमा घर बाहिर हिँडडुल गर्दा लगाउन आवश्यक छ ।

हामीले विकासको नाममा के साँच्चै मानव हितको विकास गरिरहेका छौँ ? प्रश्न गम्भीर छ, प्राकृतिक सुरम्यता र मनोहर पूर्व पश्चिम उत्तर दक्षिण चारैतिर विश्वकै उत्कृष्ट हावापानी, हिमालय श्रृखालामा मानव सभ्यताको विकास भएको यस पवित्र शिव भूमिमा अपार प्रकृति स्रोत र साधन भएर पनि हाम्रो अवस्था किन बदलिन सकेन र हामी किन खाडी मुलुकमा हाम्रा जनशक्तिहरू, युवा शक्तिहरू पठाउन बाध्य छौँ । स्वदेशमै किन उद्योग व्यवसाय र रोजगारीका अवसरहरू श्रृजना गर्न सकिरहेका छैनौ । आज कोरिया सहज भयो, विद्यार्थीहरूका लागि भन्नमै मक्ख किन छौँ के हामी हाम्रै देशमा विदेश जान मन गर्नेहरूलाई यही राम्रो रोजगारीको व्यवस्था र आफ्नै देशको सेवामा समर्पित गर्न सक्दैनौँ ?

 

के हामी विदेशमा रोजगारी नगर्ने मनस्थिति बनाउन सक्दैनौँ ? स्वनिर्भर भन्दा परालम्बी किन बन्दै गएका छौँ । हाम्रा पूर्वीय दर्शन, भाषा, संस्कृति सभ्यताहरूलाई, अर्काको देखासिकी गर्दै स्वदेशी, क्षमता विकास र आत्म निर्भरता, शान्तिपूर्ण समाज बनाउन सकिरहेका छैनौ ?  हामी उत्पादन बढाउन किन सकिरहेका छैनौँ हाम्रा खेतबारीहरू गरा कान्लाहरू किन बाझै छन् ?  आज अधिकांश युवाहरू १२ पास पछि विदेशी भूमिमा पढ्न लेख्न, सीप र रोजगारीमा जाने चाहना उत्कटता बढ्दो छ भने देशमा रोजगारी र कृषि क्रान्ति भनेता पनि भनाई र गराइमा भने निक्कै ठुलो अन्तर छ ।

 यो विश्व भूमण्डल करणले हाम्रो देशलाई पनि आक्रान्त पारेको छ । अनावश्यक सामाजिक सञ्जालको प्रयोग बारबार गर्ने र पोस्ट गर्ने नक्कल गर्ने अर्काको देखासिकीमा रमाउन, आफ्नो भएको सिर्जनात्मक सोच, उत्पादन क्षमता दिन प्रतिदिन ह्रास भई नै राखेको छ । अनावश्यक सूचना, गाली गलौच, प्रकाण्ड बढाउने, प्रजातन्त्र  लोकतन्त्र, गणतन्त्र र मानव अधिकारका नाममा स्वतन्त्रताको उपयोग भन्दा दुरुपयोग गरी नागरिक कर्तव्य र जिम्मेवारीबाट आज हामी विचलित भई राखेका त छैनौँ । सहीलाई सही र गलतलाई गलत नभनी आफ्ना नेताले गलत भने पनि सही थापी हामी आफ्नो खाल्डो आफै खनी रहेका छ छैनौँ ।

स्वदेशको हावापानी र माटो सुहाउँदो व्यवस्थाभन्दा अर्काकै देशमा जन्मी हुर्केको व्यवस्थालाई हुबहु अर्काकै निर्देशनमा कपी गर्दै कमिसनको लोभमा भष्ट्रहरु भ्रष्टाचार गरी आर्जित धनमा हामीले पनि हो मा हो त मिलाई रहेका छैनौँ ? अव पनि शक्ति भएका र शक्तिमा रहेकाले देश र जनताको लागि केही नगर्ने हो भने २००७ सालमा प्रजातन्त्र ल्याएको हाम्रा पिता पुर्खाले सङ्घर्ष रगत पसिनाले भिजेको  राष्ट्रनिर्माता एकीकरण अभियन्ता पृथ्वी नारायण शाहले भने झैँ यो दुई डुङ्गाको बिचको तरुल भएको देश  हो । दुवै छिमेकहरूका तर्फबाट फाइदा उठाउन सक्नु पर्दछ दुवैलाई समान व्यवहार गरी व्यापार व्यवसाय रोजगारीको सृजना र आर्थिक उन्नति गर्न सकिन्छ ।

विकासका नाममा थुप्रै बाटोघाटा डाडाहरु कोरिएका छन् तर कि के कति आवश्यक छ तुलनात्मक अध्ययन गरी बनेको छैनन् । अधिकांश कच्ची बाटाहरू वर्षामा भुस्कखलन, बाढी पहिरोको चपेटामा परको छन् । के विकास गर्नका लागि पूर्वाधारको नाममा बाटो नै खनिनुपर्ने हो त ? कि बाटो बनेपछि विदेशी डिजेल पेट्रोलको खपत बजारका लागि बाटो बाटो विकास भनी रहेका त छैनौँ ? होइन भने रोप वे,  केवल कार, यातायात विद्युत्बाट चल्ने साधनहरूको विकास र निर्माणमा किन कन्जुस्याइँ ? यसै त नेपाली पहाड हिमालहरू भौगोलिक विज्ञहरूको अन्वेषण भनाई अनुसार  टेथिस सागरबाट लाखौँ लाख वर्षपछि उठेर नयाँ हिमाली श्रृखला पर्वतहरू बनेका हुन् जो कमजोर तथा उच्च भौगर्भिक  भूकम्प जस्ता जोखिममा छन् । 

हाम्रो देश जस्तै भौगोलिक विकटता र भौगोलिक विविधता भएको विश्वको विकसित देश स्वीजरल्याण्ड हो । त्यहाँ पहाडी क्षेत्रमा अधिक केवल कार यातायातको साधनको रुपमा रहेको छ ।  जलस्रोतको अपार भण्डार र विश्वकै दोस्रो जलस्रोतको धनी राष्ट्र भएर पनि हामीले किन विद्युतीय यातायात, गाडी, रेल, केबलकारबाट पहाडी क्षेत्रहरूमा आवत जावत गर्ने वातावरण र विकासको अवस्था सृजन गर्ने सकेनौँ । एकाध केवल कार तीर्थ र मनोरजंनकालागि लागि बाहेक । किन विद्युतीय यातायातलाई प्रोत्साहन र व्यवस्थापन र विद्युतीय यातायात प्रयोग कर्ताहरूलाई थप प्रोत्साहन व्यापकताको अभिबुद्धिको वातावरण सृजना गर्दै लान सकेनौँ । ठुला योजनाहरू सम्पन्न हुन किन बिस तीस वर्ष लाग्दछ ?  

स्पष्ट रुपमा भन्नु पर्दा हामी हाम्रा युवा शत्तिहरु खाडी मुलुकहरूमा सस्तो जनशक्ति पठाएका छौँ भने हाम्रा योजनाहरू खाडी अरवकातेल खपत गर्ने गरी विकासको सडक बाटोको नाममा  उतै खाडी मुलुकका लागि  तेल खपत गर्ने योजनाहरूलाई बढी प्रोत्साहन दिन्छौ न की तुलनात्मक राष्ट्रिय लाभ के मा छ भन्ने कुरा भन्दा विदेशीले दिएको योजना, अनुदान र सहयोगका परियोजनाहरूमा रमाउँछौँ । तुलनात्मक लाभको सिद्धान्त अनुसार राष्ट्रलाई कस्ता योजना चाहिने हो  भन्दा पनि विकास पेट्रोल डिजेलमा पैसा खर्च गर्ने योजनाहरू बनाउंँछौं र लागू गर्दछौ तर अपार जलस्रोतबाट चल्ने विभिन्न विकासका कार्यहरूलाई हामी खासै प्रसय दिँदैनौ एकाध  नमुना योजना बनाउने बाहेक । नत्र भने सडक भन्दा बेसी विद्युतीय केबलकारबाट हाम्रो यातायात सेवा पहाडी डाडैडाडा गाउँ गाउँमा स्वीजरल्याण्डमा हुन सक्थ्यो भने यहाँ किन सकेन त ?

किनकि हाम्रा योजना निर्माताहरुले, राजनीतिज्ञहरूले केवल कार भन्दा बाटो योजनालाई जोड दिए जसले गर्दा डिजेल पेट्रोलमा राजनीति र कमिसन राम्रो हुन्छ । विद्युतीय यातायातले वातावरण प्रदूषण नहुने स्वच्छ स्वस्थे सहरको विकास गर्ने थियो तर निजी क्षेत्रले प्रयोगमा ल्याएका विद्युतीय कारहरूमा सरकारले अधिक कर असुल्ने गरेका खबर गत वर्षकै बजेटमा आएको थियो । यस वर्षको बजेटमा यस्ता विद्युतीय सवारी साधन, केवल कार यातायात ढुवानी योजनाहरूलाई प्रोत्साहित गर्ने खालका कार्यक्रमहरू आएमा देशको लागि वातावरणीय दृष्टिकोणले र स्वदेशी विद्युत् उत्पादनबाट चल्ने यस्ता साधनहरूले नेपाली मुद्रा संचितिमा ठुलो योगदान पुर्‍याई आर्थिक अभिवृद्धिका लागि राहत हुनेछ । 

कुनै पनि दातृराष्ट्रले योजना बनाउँदा नेपाली जनतालाई सित्तैमा दिने होइन सर्त सहित थुप्रै कुरा तेर्स्याएकै हुन्छन् । राष्ट्रिय योजनाहरूमा कति ठुलो धनराशि र जनशक्ति प्रयोग गर्ने कुराको चलखेल हुन्छ । सहयोग अनुदान पाउँंने आशामा दातृ राष्ट्रले आफ्नै देशको सामान प्रयोग गर्ने,  मानव पुँजी माथिल्ला स्तरका परामर्शदाता तथा अधिकृतहरू आफ्नै देशका हुनुपर्ने आदि सर्त तेर्स्याएर योजनाहरूको सम्झौता गर्दछन् । फलस्वरूप लागत लाग्ने योजनाको ५० प्रतिशत भन्दा माथिको आम्दानी तथा रोजगारी त जुन देशले बनाउने वा सहयोग दिन्छ उसैले सहयोग कागजमा ठुलो आर्थिक सहयोग राहत देखिएता पनि लागू गरेको योजनाको लाभ भने सहयोगी दातृराष्ट्र  लिइरहेकै हुन्छ । नेपालीहरूको आर्थिक अवस्था भने जहिल्यै उस्तै अवस्थामा हुन्छ किनकि योजनाहरूको माथिल्लो स्तरमा विदेशी जनशक्तिको प्रयोग हुन्छ ।  देशमा थाहा पाएर वा नपाएर, चाहेर वा नचाहेर पनि प्रतिव्यक्ति प्रत्येक नेपालीको टाउकामा ऋण ४५ हजार भन्दा बढी पुगी सकेको छ ।

अधिकांश योजनाहरूमा दलाली लाग्ने र राजनीतिको भागबन्डा भएकै हुन्छ । राजनीति अस्थिरता हुनुमा ठुला योजनाहरूको चलखेलमा राजनीतिक भागबन्डा नमिल्नु वा आफ्ना कार्यकर्तालाई भर्ती गर्ने उपयुक्त वातावरण नमिल्नु नै हो । ठेक्कापट्टा गर्नेहरू नै देशका स्थानीय तहमा अधिकांश छन् वा ठेकेदारहरुनै राजनीतिको उच्च तहमा पुगेको छन् । धेरै योजनाहरूको पारदर्शिता सामाजिक अडिट भएको हुँदैनन् र ज्यादै न्यून जानकारी समाजमा योजनाहरूको बारेमा हुन्छन् वा छोटा स साना योजनाहरूको मात्रैको सामाजिक अडिट हुने र ठुला ठुला योजना र सम्झौताको रणनीति विदेशी कूटनीति योजनाबाट भित्र भित्रै चलखेल र समापनका योजनाहरू बन्दछन् र सर्वसाधारणले त्यसको अत्तोपत्तो पाउँदैनन् ।

जसका कारण ठुला योजनाहरूको समाजमा अपनत्व र सहभागी तापनि खासै रहँदैन । योजना बन्ने, बनाउने र भत्काउने काम पनि जारी रहेकै हुन्छ, विदेशी शक्तिहरूको चलखेल पार्टी भित्रै विभिन्न मत राख्ने र वैचारिक द्वन्द्व चलिरहेकै हुन्छ, राजनीति अस्थिर हुँदा विदेशीहरूले चलखेल बढी गर्ने मौका पाउँछन् अन्ततोगत्वा सोझ सिधा नेपाली जनता नै मारमा पर्दछन्, खासै विकासको प्रतिफल जनताले उपभोग गर्न पाउँदैनन्  । बाटो खनेर बाटो पुगे पनि कतिपय ठाउंँहरुमा ज्यादै कम सवारी साधन चलेका हुन्छन् वा वर्षामा चल्दैनन् र हिउँदमा चलेका हुन्छन् । पहाडका अधिक बाटाहरू, बनाएको बाटाघाटाहरुको  मर्मत संहार पनि समयमा हुँदैन बर्सै कुर्नुपर्ने अवस्थामा हुन्छन् । योजना सकिएपछि दातृ निकायले सरकारलाई हस्तान्तरण गर्दछ वा सम्झौता बमोजिम स्थानीय स्तरमा पनि हस्तान्तरण गरेको हुन्छ तर त्यसको समयमा अनुगमन मूल्याङ्कन नहुने, राजनीतिक अस्थिरता हुने, हाम्रो सरकारमा हाम्रो पार्टीले ल्याएको योजना भन्ने, यो पार्टी र उ पार्टीको भन्दा भन्दै योजनामा अपनत्व नहुँदा कतिपय योजना दीर्घकालीन रुपमा टिक्न नसेका थुप्रै उदाहरणहरू छन् । जसका कारण दिगो विकास र आर्थिक जीवनस्तरमा सुधार हुन सकेको देखिन् । 

देशको राष्ट्र, राष्ट्रियता स्वभीमपन, सार्वभौमिकताको सम्मान र कदर गर्नु प्रत्येक नागरिकको कर्तव्य हुन आउँछ । देशका प्राकृतिक स्रोतसाधन खोला नदी पुल बाटा निर्माणहरू सार्वजनिक सरोकारको विषय हो । प्रत्येक नागरिकलाई आफ्नो देशको विकास, शान्ति र आर्थिक उन्नति प्रगतिका लागि विकासमा सहभागिता हुने अवसर संविधानले दिएको छ । तसर्थ आफू र आफ्नो समाज र राष्ट्रको विकासकालागि स्वास्थ्य, शिक्षा, रोजगारी र वातावरणका विषयहरूमा जानकारी राखी देशका योजनाहरूमा चासो लिई आफ्ना र भावी सन्ततीहरुलाई, सिकेका सीप ज्ञान बाँंडौं र राष्ट्रलाई माया गरौँ स्वदेशी बस्तु सामान, विद्युतीय यातायात योजना, स्वास्थ्य र स्वच्छ खानेपानी, हरियाली वातावरण निर्माणमा जोड दिनु आजको आवश्यकता राष्ट्रको विकास र सम्बृद्धिका लागि नै हो ।

 कोराइनाबाट आफू पनि बाँचौँ र अरूलाई पनि बचाऔँ, मास्क र स्यानीटईजरकोे प्रयोग गरौँ । सामाजिक दुरी कायम गरौँ । स्वदेशी अभिवादन नमस्कार गर्ने गरौँ । योजनाहरू निर्माण तथा कोरोना आपत कालिन योजना बजेट एवं स्वास्थ्य स्वयम् सेवकहरूको बेलैमा टिमको  निर्माण गरौँ । योजना विकास सहयोग, अनुदान, सहयोग श्रवण लिने भन्दैमा,  नबुझी चाहियो भनेर, सार्वजनिक खरिद ऐन नियमलाई नै मिचेर, खासै आवश्यकता नभएको जे पनि सहयोग लिने नबनऔं । सही आवश्यकताको राष्ट्रमै भएका  जलस्रोत प्राकृतिक सम्पदा, जडीबुटी औषधीको प्रयोगमा अभिवृद्धि होस् । हामी र हाम्रै हो भन्ने भावनाको विकास होस् । सही योजना र विकासमा हाम्रो चासो बढोस् । नेपाल र नेपालीकै जीवन कोरोना मुक्त भई फलोस्, फूलोस, नव वर्ष २०७८ ले नेपाली  मनमा हर्ष उमङ्ग छावोस, सबै मिलेर कोरोना विरुद्ध लड्न सक्ने सामर्थ्य, रोगसँग लड्न सक्ने क्षमतामा वृद्धि होस्  । सबै नेपाली आफूपनि बांँचौ र अरूलाईलाई पनि बचाऔँ । कोरोना महामारीलाई सबैमिलि भगाऔँ, छिटा चाँडो कोरोना मुक्त देश बनाउन एक आपसमा सहयोगी हौँ । देशमा शान्ति प्रगति र संवृद्धि ल्याऔँ । सबै नेपाल र नेपालीमा नव वर्ष २०७८ सालको हार्दिक मङ्गलमय शुभकामना ।

भवतु सर्व मंगलम् । अस्तु ।