६ वर्षमा ६ हजार बढी विद्यालयको पुनर्निर्माण

६ वर्षमा ६ हजार बढी विद्यालयको पुनर्निर्माण

लोकसंवाद संवाददाता  |  शिक्षा  |  बैशाख १०, २०७८

काठमाडौं  ।  भूकम्प गएको झण्डै ६ वर्षमा ६ हजार भन्दा बढी विद्यालय पुनर्निर्माण भएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार २०७२ सालको भूकम्पले ३१ जिल्लाका ९ हजार ७२ वटा विद्यालयमा क्षति पुर्‍याएकोमा सात हजार पाँच सय ५३ विद्यालयमा पुनर्निर्माण गर्ने सरकारको कार्यक्रम छ। 

बिहिबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको विद्यालय पुनर्निर्माण सम्बन्धी पत्रकार सम्मेलनमा एकाइ (शिक्षा) का अधिकृत यदु विक्रम थापाले अहिले सम्म ६ हजार दुई सय ५३ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । 

 १३ सय सात वटा निर्माणधिन रहेको उहाँले बताउनु भयो । । उहाँका  अनुसार ति क्षति पुगेका विद्यालयमा ५४ हजार पाँच सय ८४ कक्षा कोठामा क्षति पुगेको थियो भने, २१ हजार एक सय ६९ कक्षाकोठा पूर्ण रुपमा क्षति भएको थियो। जसमा तीन सय २७ वटा मर्ज भएका छन् भने, एक सय ५३ विद्यालय सञ्चालनमा छैनन्। तीन हजार पाँच सय ५८ कक्षा कोठा बनिसकेका छन् भने १३ हजार ६ सय ५३ निर्माणधीन छन्।

‘पाँच हजार ३६ शौचालय पुनर्निर्माण गर्नुपर्नेमा दुई हजार सात सय सात सम्पन्न भएको छ  । बाँकी निर्माणधिन छन्। एक हजार सात सय एक खानेपानी निर्माण गर्नुपर्नेमा दुई सय १६ सम्पन्न भएको छ।’ विद्यालय पुनर्निर्माणका लागि कूल आवश्यक रहेको एक खर्ब १० अर्ब ७९ करोड ७४ लाख २५ हजारमा ०७६ ।०७७ सम्म ५३ अर्ब १९ करोड ३९ लाख ८३ हजार खर्च भएको छ  । 

‘८० प्रतिशत सरकारकै बजेटबाट विद्यालय बनेका छन्। अरु विदेशी तथा स्वदेशी दातृ निकाय एडिबी ऋण, निर्माण व्यवसायी लगायतको सहयोगले विद्यालय बनेका छन्