आइसियू र शय्या अभाब देखिएसँगै लकडाउन गर्न चिकित्सकको सुझाव

आइसियू र शय्या अभाब देखिएसँगै लकडाउन गर्न चिकित्सकको सुझाव

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  बैशाख १०, २०७८

काठमाडौँ । काठमाडौँ उपत्यकाका मुख्य अस्पतालहरुमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियू र शय्या भरिएका छन् । शय्या भरिएपछि अस्पतालहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाइएको  छ । 

दोस्रो लहरको कोरोना संक्रमणपछि पनि मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड हुने कार्यक्रम जारी राखेकाले संक्रमण तीव्र रुपमा फैलिरहेको चिकित्सकहरुको भनाइ छ ।  सरकारले उपचारका लागि शय्या विस्तार गरे पनि जनशक्ति व्यवस्थापनमा चुनौति हुने स्थिति रहेको वीर अस्पतालका चिकित्सक डा.अच्युत कार्कीले बताउनु भयो । 

सरकारले संक्रमणको चेन ब्रेक गर्न कम्तिमा दुई साताका लागि लकडाउन गर्नुपर्ने सुझाव चिकित्सकको सुझाब छ । अब कम्तिमा दुई साताका लागि लकडाउन नगरेमा नियन्त्रण सम्भव नदेखिने  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड उपचार संयोजन डा.विमल पाण्डेले बताउनु भयो ।

तीव्र संक्रमण नियन्त्रण गर्न अति आवश्यकबाहेक अन्य सेवा बन्द गर्नुपर्ने सुझाव त्रिवि शिक्षण अस्पतालका कोभिड उपचार सम्पर्क चिकित्सक सविन थपलियाको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मापदण्ड पालना हुन नसकेपछि अर्को कदम चाल्नुपर्ने स्थिति आइसकेको बताउनु भयो ।आजको नागरिक दैनिकमा समाचार छ ।