१ किलो चरेशसहित होटल संचालक पक्राउ

१ किलो चरेशसहित होटल संचालक पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  बैशाख १०, २०७८

धनगढी । प्रहरीले चरेश कारोबार गरेको आरोपमा कैलालीको धनगढीमा होटल संचालन गरेर बस्ने चक्र बहादुर रोकायालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ बोराडाडी स्थित प्रगती होटलका संचालक रोकायालाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो ।

बाजुराको बुढीनन्दा नगरपालिका–९ घर भएका चक्र बहादुरको होटलबाट १ किलो चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बिहीबार पक्राउ गरिएका रोकायालाई प्रहरीले लागु औषध नियन्त्रण ऐन अनुसारको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।