उपत्यकाका सबै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यकबाहेक सेवा बन्द

उपत्यकाका सबै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यकबाहेक सेवा बन्द

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १२, २०७८

काठमाडौं । राजधानीका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सबै काम एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

आइतबार तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार कोरोना महामारीको दोस्रो चरणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनहरूले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने भएका हुन् ।

पराजुलीका अनुसार ती अत्यावश्यक काम शान्ति-सुरक्षा, ठाडो उजुरीलगायत नगरी नहुने काम मात्र सञ्चालन गर्ने निर्णय गरिएको हो ।

नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि, संघ-संस्था दर्ता, नवीकरण, पत्रपत्रिका दर्तालगायतका काम बन्द गरिएको पराजुलीले बताउनु भयो ।