लोकसंवाद संवाददाता | समाचार | बैशाख १४, २०७८
कोरोना भाइरसको संक्रमण बढेसँगै वैशाख १६ गतेबाट काठमाडौंमा निषेधाज्ञा जारी गरिएको छ। वैशाख १६ देखि २२ गते मध्यरातिसम्म निषेधाज्ञा जारी गरिएपछि अत्यावश्यक बाहेकका सबै सेवाहरुलाई बन्द गरिएको छ। कोरोना संक्रमण तीव्र बन्दै गएपनि सरकार र सरोकारवाला निकायले सीमा नाका बन्द गर्ने, कोरोना संक्रमण रोक्न क्वारेन्टाइन व्यवस्थित गरेर राख्ने, सीमाबाट तथा हवाई मार्गबाट नेपाल भित्रिएकालाई कडाईपूर्वक क्वारेन्टाइनमा राख्ने जस्ता तरिका अवलम्बन नगरिएका कारण स्थिति भयाबह भएका कारण निषेधाज्ञा जरी गर्ने काम भएको हो ।
जसले भौतिक दुरीका नियम र कोरोना नियन्त्रणका लागि बनाइएको स्वास्थ्य मापदण्ड पालना हुन नसक्दा समाजमा कोरोना तीव्र गतिमा फैलिन थालिसकेेको छ। जसलाई नियन्त्रण गर्न कडाईपूर्वक निषेधाज्ञा गर्नुपर्ने अवस्था सिर्जना नै भएको छ ।
पछिल्ला दुई दिनमा मात्रै कोरोना नियन्त्रणका लागि एकपछि अर्को निर्णयहरु भएका छन् । मन्त्रिपरिषदको बैठकले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने सबै तहका परीक्षाहरु स्थगित भइसकेका छन् । त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित परीक्षाहरू अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरेको छ । सोमबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले कोभिडको नयाँ लहरको कारण देखाउँदै सञ्चालन भइरहेका र सञ्चालनको प्रक्रियामा रहेका परीक्षाहरू रोक्ने निर्णय गरेको हो ।
निषेधाज्ञामा के के निषेध ?
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञाका विषयमा सोमबार छलफल गरेका थिए । जसअनुसार निम्न कुरा निषेध गरिएको छ :
यससँगै काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरू अनिवार्य रूपमा तोकिएका क्वारन्टीन÷होम आइसोलेसनमा बस्नुपर्नेछ आदेश गरिएको छ।
के खुला हुनेछ ?
मन्त्रिपरिषदले के निर्णय गर्यो ?
कोरोना संक्रमण बढेसँगै सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्नेछ । पहाडी तथा हिमाली जिल्लामा २०० र उपत्यकाका साथै तराई–मधेसका जिल्लामा ५०० सक्रिय संक्रमितको संख्या पुगेमा जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्नेछ। अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडान रोकिने छैनन् । अन्तर्राष्ट्रिय हवाई उडानबाट आएका नेपालीहरुले १० दिन होम क्वारेन्टिन र विदेशी नागरिकले होटल क्वारेन्टिनमा बस्नुपर्नेछ।
कहाँ कहाँ निषेधाज्ञा ?
कोरोना संक्रमण बढेपछि स्थानीय प्रशासनले देशका विभिन्न जिल्लामा निषेधाज्ञा लगाएका छन् । काठमाडौं उपत्यकमामा १६ गतेबाट निषेधाज्ञा जारी भएको छ। बाँके, बर्दिया र सुर्खेतमा पनि निशेषज्ञा जारी गरिएको छ । मोरङ, पर्सा, कास्की, दाङ र रुपन्देहीमा पनि सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी भइसकेको छ भने कैलाली र चितवनमा संक्रमित संख्या ५ सय पुग्न लागेका कारण यी जिल्लामा पनि निषेधाज्ञा जारी हुने सम्भावना छ।
संक्रमितको तथ्यांक यस्तो छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणमा २४ घण्टामा ३ हजार ५५६ जना कोरोना संक्रमित थपिएका छन् भने थप १२ जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ भने हालसम्म ३ हजार १७६ जनाको मृत्यु भएको छ । सोमबार थपिएकामध्ये काठमाडौंमा १ हजार ५६७, ललितपुरमा २२३, भक्तपुरमा १२२ जना गरी उपत्यकामा १ हजार ९१२ जना संक्रमित थपिएका छन्। यस्तै बाँकेमा ३०७, मोरङमा १३४, पर्सामा ९८, चितवनमा ९६ तथा रुपन्देहीमा ९५ जना संक्रमित थपिएका छन् । कास्कीमा ६२, झापामा ४३, सुनसरीमा ४२, कञ्चनपुरमा ४१, पाल्पामा ३४, मकवानपुर र बैतडीमा ३२/३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण खतराको घण्टीका रुपमा देखिएको छ ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश यस्ताे छ ।