शिक्षक र विद्यार्थीलाई आयुर्वेद र योग शिक्षा

शिक्षक र विद्यार्थीलाई आयुर्वेद र योग शिक्षा

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  बैशाख १४, २०७८

काभ्रेपलाञ्चोक । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र  काभ्रेपलाञ्चोकले वनेपा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र विद्यालयमा कार्यरत नर्सलाई आयुर्वेद र योग शिक्षा सम्बन्धी जानकारी दिएको छ । 

केन्द्रका प्रमुख आयुर्वेद चिकित्सक डा मनोज चौधरी, पतञ्जलि आयुर्वेदका उपप्राध्यापक डा  प्रवीणकुमार यादव, योग प्रशिक्षक क्षेत्रबहादुर तामाङ आयुर्वेद चिकित्सक डा समीक्षा न्यौपाने लगायतले प्रशिक्षण दिनुभएको थियो । विशेषगरी पछिल्लो समयमा कोभिड–१९को सङ्क्रमण फैलिरहेको अवस्थामा कसरी सुरक्षित र स्वस्थ रहने भन्ने विषयमा केन्द्रीत भएर सो कार्यक्रम सञ्चालन गरेको डा  चौधरीले बताउनुभयो । उहाँले विद्यालयले स्थानीय पाठ्यक्रमसमेत बनाएर योग शिक्षालाई सिकाइ प्रक्रियासँग जोडर अगाडि बढिरहेको अवस्थामा आयुर्वेद र योग शिक्षालाई सहकार्यको माध्यमबाट व्यवहारिक कार्यान्वयनमा सहयोग गर्ने कार्यमा सहयोग पु¥याउँदै आएको जानकारी दिनुभयो । 

वनेपा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्याम सिंह धामीले स्वास्थ्यलाई व्यवहारिक र प्रयोगात्मक विधिलाई अवलम्वन गर्ने क्रममा शिक्षक र विद्यार्थीलाई योग अभ्याससँगै आयुर्वेद शिक्षाको ज्ञान दिलाउन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसँग समन्वय गरेर काम गरेको बताउनुभयो ।

वनेपा–२ घिमिरे गाउँस्थित स्वेतबराहा माध्यमिक विद्यालयका विद्यालय नर्स विद्या बस्नेतले विद्यालयमा विद्यार्थीलाई प्राथमिक उपचारको कामदेखि स्वास्थ्यसम्बन्धी समस्याको परामर्श दिने काम गर्दै आएको जानकारी दिनुभयो ।