बानियालाई तत्काल भिसा नदिन अमेरिकी राजदूतावासमा र  नागरिकता छानबिनको लागि गृहमा उजुरी !?

बानियालाई तत्काल भिसा नदिन अमेरिकी राजदूतावासमा र  नागरिकता छानबिनको लागि गृहमा उजुरी !?

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १४, २०७८

झापा । एक भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाण पत्र लिई पासपोर्ट समेत बनाई अमेरिका जानको लागि भिसाको लागि आवेदन दिएको थाहा पाएपछि  काठमाडौँ स्थित अमेरिकी राजदूतावासमा तत्काल भिसा नदिन  र नेपाली नागरिकताको प्रमाण पत्रको छानबिनको लागि गृह मन्त्रालयमा उजुरी  गरिएको झापाबाट प्राप्त समाचारमा उल्लेख छ । 

प्राप्त समाचार अनुसार कलकत्ता निवासी भारतीय नागरिकले पृथ्वी बानियाको नाममा मेची नगर नगरपालिका वडा नम्बर १० ठेगाना जनाई  २०७३ साल वैशाखमा  जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकता प्रमाण पत्र नम्बर ०४–०१–७३–०५९१३ को नागरिकता लिएका थिए । केही समय भुटानी शरणार्थी क्याम्पमा बसेर एक शरणार्थी युवतीसँग प्रेम सम्बन्धमा समेत रहेका २०४९ साउन ४ गते जन्म मिति उल्लेख गरेका बाबुको नाम पर्मबहादुर बानिया उल्लेख गरी वंशजको आधारमा  नागरिकता  लिएका हुन ।

प्रेम सम्बन्धमा रहेकी शरणार्थी युवती अमेरिका गइसकेकी र उनीसँग विवाह गरेको नक्कली कागज बनाई अमेरिकी दूतावासमा आवेदन दिएका बानिया मेची नगर नगरपालिका वडा नम्बर १० पर्मबहादुर बानिया नहुँदा नहुँदै वडा कार्यालयका कर्मचारी र जिल्ला प्रशासन कार्यालयका कर्मचारीको मिलेमतोमा एक लाख पाँच हजार नगद लिएर नागरिकता र पासपोर्टका लागि सिफारिस गरेको स्वयं पृथ्वी बानियाले बताउने गरेपछि गृह मन्त्रालय र अमेरिकी दूतावासमामा एकै पटक उजुरी गरिएको झापाका कानुन व्यवसायीले जानकारी दिएका छन् । यसरी रकम लिँदा नै  भिसाका लागि पहल गरिदिने आश्वासन पाएका पृथ्वी बानिया अहिले नेपाली भाषा सिक्ने भन्दै मेचीनगरको काँकडभिट्टामा बस्दै आएका छन् । बानियाको गुनासो छ–अरूलाई १५,२० हजारमा नेपाली नागरिकता दिने तर आफूलाई महँगो पैसा लिएर पनि भिसा दिलाउन पहल गरेनन् ।   

कानुन व्यवसायीले जानकारी दूतावासमा इमेल र कुरियरबाट र गृह मन्त्रालयमा कुरियरबाट उजुरी पठाइएको छ । ती कानुन व्यवसायीको भनाइ छ–बानिया प्रतिनिधि पात्र हुन यो सङ्ख्या ठुलो रहेको त्यसको छानबिन गर्न माग गर्दै उजुर गरिएको छ ।