भारतमा विकराल बन्दै कोरोना, एकैदिन ३ लाख ६२ हजार संक्रमित

भारतमा विकराल बन्दै कोरोना, एकैदिन ३ लाख ६२ हजार संक्रमित

लोकसंवाद संवाददाता  |  विदेश  |  बैशाख १५, २०७८

एजेन्सी । भारतमा मंगलबार ३ लाख ६२ हजार ७८७ जनामा कोरोना संक्रमण पाइएको छ । सोमबार नयाँ संक्रमितको संख्यामा केही गिरावट रहे पनि मंगलबार यो संख्याले रफ्तार लिएको हो । मंगलबार कोरोना संक्रमणका कारण भारतमा ३ हजार २८५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये धेरैजसो महाराष्ट्रका छन् । महाराष्ट्रमा मात्र ८९५ जनाको मृत्यु भएको छ । यस्तै दिल्लीमा ३८१, उत्तरप्रदेशमा २६४, छत्तीसगढमा २४६, कर्नाटकमा १८०, गुजरातमा १७० र झारखण्डमा १३१ जनाको मृत्यु भएको छ ।

भारतमा मंगलबारसम्म कुल संक्रमितको संख्या एक करोड ७९ लाख ८८ हजार ६३७ पुगेको छ । कोरोना संक्रमणका कारण भारतमा हालसम्म दुई लाख एक हजार १६५ जनाको मृत्यु भएको छ । संक्रमण भएर उपचाररत बिरामीको संख्या २९ लाख ७२ हजार १०६ रहेको र निको हुने दर ८२।५४ प्रतिशत रहेको जनाइएको छ ।