ओली प्रतिष्ठान : चार विद्याका सम्मान तथा पुरस्कार वितरण, दुई थप नयाँको घोषणा

ओली प्रतिष्ठान : चार विद्याका सम्मान तथा पुरस्कार वितरण, दुई थप नयाँको घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १६, २०७८

झापा । २०६७ सालबाट अक्षयकोष सहित स्थापना भएको  रुद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले  विभिन्न विद्याका सम्मान र पुरस्कार समारोह २०७८ वैशाख १४ गते मङ्गलवार सम्मपन भएको जनाइएको छ । 

प्रतिष्ठानले दिएको जानकारी अनुसार  रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार रु १,१,१११/–, गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार रु १,१,१११/–, अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार रु १,१,१११/–, तथा देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार रु ५१,१११/ – बाट क्रमशः सातौँ (सन् २०१९ तदनुरूप वि.सं.२०७६) र आठौँ पटक (सन् २०२० तदनुरूप २०७७) का लागि निम्न व्यक्तिहरू, संस्थालाई वि.सं.२०७८ साल वैशाख १४ गते मङ्गलवारका दिन बिर्तामोड स्थित ओली वंश भवनमा पुरस्कृत तथा सम्मानित गरिएको हो । 

रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार २०१९ वाट  कृषिको आधुनिकीकरण, व्यवसायीकरण तथा गाई पालन गरी दुग्ध उत्पादनमा मुलुकलाई आत्मनिर्भर गराउन योगदान पुर्‍याउनु हुने गोर्खा पालुङटार–७, का  राजेन्द्रराज पन्तलाई १,०१,१११।– को रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार-२०१९ वाट सम्मानित र पुरस्कृत हुनु भएको छ ।

पालुङ्गटार नगरपालिका– ७, च्याङ्गली, गोरखामा आफ्नै परिवारको रेखदेखमा २०५२ सालबाट श्री कामधेनु गाई पालन केन्द्र सञ्चालन गर्दै आउनु भएको छ भने  सोही पुरस्कार २०२० द्वारा   कफी खेतीको विकास, प्रवर्धन, बजार विस्तार र निर्यात गरी कृषि क्षेत्रको दिगो विकासमा अनुकरणीय कार्य गरे बापत पाल्पा मदन पोखरा-७, का  ढकेश्वर घिमिरे र काठमाडौँ-३१, का श्री प्रचण्ड मान श्रेष्ठलाई संयुक्त रुपमा  १ लाख १ हजार १ सय ११ रुपियाँ सहित रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार-२०२० वाट सम्मानित र पुरस्कृत हुनु भएको छ ।

प्रतिष्ठानको अर्को  गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार कारागारका कैदी महिलाहरूसँग आश्रित तथा सहाराविहीन बालबालिकाहरूको शिक्षा, स्वास्थ्य, सीप विकास एवं लालन पालन, कारागारमा रहेका महिलाहरूको स्वास्थ्य तथा मानसिक स्थिति सुधार साथै कोभिड-१९ को महामारीमा नेपाली जनतालाई पुर्‍याएको सेवा बापत झापा, अर्जुनधारा-११, का  इन्दिरा रानालाई १ लाख १ हजार १ सय ११ रुपियाँ सहित गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार-२०२० बाट सम्मान एवं पुरस्कारबाट सम्मानित र पुरस्कृत हुनु भएको छ ।  नेपाली भाषा र साहित्यको उत्थानमा निरन्तर साधनारत झापा भद्रपुर–१०, का  चूडामणि रेग्मी लाई १ लाख १ हजार १ सय ११ रुपियाँको अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार-२०१९ द्वारा पुरस्कृत तथा सम्मानित हुनुभएको छ । गायनका माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल झापा शिवसताक्षी-५, मङ्गलबारेका  प्रितम आचार्य लाई  ५१ हजार१ सय ११ रुपियाँको देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार-२०१९ द्वारा पुरस्कृत तथा सम्मानित हुनुभएको छ ।

 त्यसै गरी समाजमा विभिन्न कारणले बहिष्करणमा परेका मुसहर समुदायका बालबालिकाको हक हित संरक्षण, बालविवाह विरुद्ध अभियान कार्यक्रमका साथै कोभिड-१९को महामारीमा नेपाली जनतालाई पुर्‍याएको सेवा बापत मोरङ, बुढिगंगा-२, को रक्षा किशोरी समूह लाई  पनि  ५१ हजार१ सय ११ रुपियाँको सहित देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार-२०२०  द्वारा पुरस्कृत तथा सम्मानित गरिएको छ । 

प्रतिष्ठानले  खेलकुदमा श्रीप्रसाद झापा जिल्ला, झापा गा.पा-२, सडकवारीकी देविका खड्काले तेह्रौँ साग खेलकुद प्रतियोगितामा जुडो खेलमा स्वर्ण पदक प्राप्त गरी राष्ट्रको गौरव बढाउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जुडो खेलमा विभिन्न पदकहरू हासिल गर्न सफल हुनु भएकोले प्राप्त सफलताको उच्च मूल्याङ्कन गर्दै वहाँको उत्तरोत्तर प्रगति एवं सुस्वास्थ्यको कामनासहित प्रतिष्ठानले रु.२५हजार १ सय ११ रुपियाँ सहित सम्मान पत्रले सम्मानित गरेको जनाएको  छ ।

यस अवसरमा प्रतिष्ठानका अध्यक्ष गंगा प्रसाद ओलीले प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको माथि उल्लिखित चार बटा पुरस्कार सहित 'श्री प्रसाद ओली प्रज्ञापन पुरस्कार'  थप गर्ने निर्णय गरेको जानकारी दिनु भएको छ । यो पुरस्कार  नेपाल राष्ट्रको गरिमा बढाउन योगदान पुर्‍याउने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यक्ति, संघ संस्थाहरू मध्येबाट छनौट गरी प्रत्येक दुई वर्षमा पाँच  लाख  रुपियाँ सहित बि.सं. २०७८ (सन् २०२१) देखि एकल वा संयुक्त रुपमा सम्मानित तथा पुरस्कृत गरिने समेत जनाइएको छ ।  क्यान्सर सम्बन्धी र यस्तै प्रकृतिका रोग निवारणको खोजीमा लागेका व्यक्ति, सङ्घसंस्था मध्येबाट प्रति वर्ष र १ लाख १ हजार १ सय ११ रुपियाँको बद्री प्रसाद ओली स्मृतिमा सम्मान तथा पुरस्कार प्रदान गरिने जानकारी गराउनु भएको छ