उपत्यकामा विहान साँझ मात्र पसल खोल्न पाइने

उपत्यकामा विहान साँझ मात्र पसल खोल्न पाइने

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १६, २०७८

काठमाडौं । शाख १६ गतेदेखि २२ गतेसम्म खाद्य सामग्रीका पसलहरु सञ्चालनका लागि समय तोकिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले खाद्य सामग्रीका पसल विहान १० बजेसम्म र साँझ पाँच बजेदेखि ७ बजेसम्म मात्र खोल्न आदेश दिएको छ ।

न्युनतम २ मिटरको भौतिक दुरी कायम गर्ने लगायत सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्ने गरी मात्र पसल सञ्चालन गर्न भनिएको छ । यस्तै डिपार्टमेन्ट स्टोर विहान १० बजेदेखि बेलुका पाँच बजेसम्म सञ्चलन गर्न पाइने छ ।

डिपार्टमेन्टमा ग्रोसरी कक्ष मात्र न्यूनतम २ मिटरको भौतिक दुरी कायम गरी नेपाल सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालन गर्ने गरी १० वजे देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न प्रशासनको आदेश छ ।

अन्य देशका नागरिकलाई स्थलमार्गबाट हुने आवागमन स्थगन र स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय र चिनियाँ नागरिकलाई उनले यात्रा गर्नुअघि स्वाब संकलन भएको ७२ घन्टाभित्रको कोभिड–१९ नेगेटिभ तथा १० दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नेगरी होटेल बुक गरेको प्रमाण पेस गरेको आधारमा स्थानीय प्रशासनको अनुमतिमा प्रवेश गर्न दिने निर्णय गरिएको छ ।
यो समाचार राजधानी दैनिकमा छ ।