अर्काे सुचना नआएसम्मका लागि ड्राइभिङ लाइसेन्सको आवेदन बन्द

अर्काे सुचना नआएसम्मका लागि  ड्राइभिङ लाइसेन्सको आवेदन बन्द

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १६, २०७८

काठमाडौं । सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन प्रणाली अनिश्चिकालसम्मको लागि बन्द गरिएको छ । नयाँ भेरियन्टसहित फैलिइरहेको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै यातायात व्यवस्था विभागले आजदेखि अर्को सूचना जारी नभएसम्मलाई अनलाइन आवेदन प्रणाली बन्द गरेको हो ।

विभागले जारी गरेको सूचनामा कोरोना महामारीको दोस्रो लहर फैलिएका कारण आवेदन लिन बन्द गर्नुपरेको उल्लेख छ । सेवा रोकिँदा सेवाग्राहीमा पर्ने असुविधाप्रति विभागले क्षमा पनि मागेको छ ।

अघिल्लो वर्ष लकडाउन र निषेधाज्ञाका कारण सवारी चालक अनुमति पत्रको आवेदन र परीक्षा १० महिनाजति रोकिएको थियो ।