स्याङ्जाका डिलु पराजुलीको गैर आवासीय नेपाली सङ्घ अमेरिकाको उपाध्यक्षमा उम्मेदवारी

स्याङ्जाका डिलु पराजुलीको गैर आवासीय नेपाली सङ्घ अमेरिकाको उपाध्यक्षमा उम्मेदवारी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १६, २०७८

अमेरिका । 'एक पटकको नेपाली सधैँको नेपाली' भन्ने नाराका साथ गतिशील, सशक्त, संस्थागत र गैर आवासीय नेपाली सङ्घ अमेरिका' को प्रतिबद्धता सहित राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्षमा  स्याङ्जाका डिलु पराजुली उम्मेदवारी दिनु भएको छ । 

गैर आवासीय नेपालीहरू माझ लोकप्रिय रहनु भएका  डिलु पराजुली   गैर आवासीय नेपाली सङ्घ अमेरिका राष्ट्रिय समन्वय परिषद्को  केन्टकी राज्यको सभापति पदमा कार्यरत रहनु भएको छ । नेपालको स्याङ्जा जिल्ला हाल बालिन् नगरपालिका-१२ मा जन्मनु भएका पराजुली नेपालमा रहँदा  फेसागत रुपमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत स्थायी स्वास्थ्य चौकी प्रमुखको रुपमा कार्यरत मात्र होइन, व्यावसायिक रुपमा आफ्नै क्लिनिक समेत सञ्चालन गर्नु भएको थियो ।

सन् २००३  देखि  अमेरिकाको केन्टकी राज्य लेक्सिनटन सहरमा सपरिवार  बसोबास गर्दै कर्मथलो  अर्थात्  केही व्यवसायहरू सञ्चालन  गर्दै आइरहनु भएको छ ।  सामाजिक सेवा र समाज प्रतिको दायित्वको हिसाबले  विभिन्न सङ्घ संस्थाहरूमा काम निरन्तर तथा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सक्रिय रहँदै आउनु भएको छ । गैर आवासीय नेपाली सङ्घ अमेरिका राष्ट्रिय समन्वय परिषद्को  केन्टकी राज्यको  केन्टकी राज्यको संस्थापक सभापति हुँदै दोस्रो कार्यकालमा समेत  सभापतिको जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । 

चार वर्षको प्रत्यक्ष सहभागिता तथा यो अभियानमा सरिक हुँदै र काम गर्दै गर्दा सिकेका ज्ञान र अनुभव को आधारमा अब गैह्र आवासीय नेपाली सङ्घ अमेरिकालाई अझै सशक्तीकरण गर्दै होस् वा स्थानीय संस्थाहरूसँग सहकार्य अझै बुलन्द पारेर अगाडि बढ्न सकिने विश्वास व्यक्त गरिरहनु भएको छ  । उपाध्यक्ष पदका प्रत्याशी पराजुली भन्नु हुन्छ - 'गैर आवासीय नेपालीका  लागि लगाएको नेपाल र अमेरिका  बिचको दोहोरो कर प्रणालीलाई  हटाउने पहल गर्ने, नेपाली नागरिकतालाई निरन्तरता दिन, कर्मथलो अमेरिकामा बस्दै गर्दा हाम्रो मातृभूमि नेपाललाई हामीले आर्जेको विभिन्न क्षेत्रबाट विभिन्न व्यक्ति वा  समूहले संयुक्त रुपमा पुर्‍याउन उन सक्ने सामाजिक तथा आर्थिक सहयोग वा ज्ञान, सिप, र प्रविधिको ट्रान्सफरको लागि गैर आवासीय नेपाली सङ्घ अमेरिका राष्ट्रिय समन्वय परिषद्ले अगुवाइ गर्ने प्रतिबद्धता सहित आफूले उम्मेदवारी दिएको  छु ।

अन्तमा पराजुली भन्नुहुन्छ- 'सम्पूर्ण गैर आवासीय नेपालीलाई सङ्घको २०२१-०२३ का लागि हुन् गइरहेको निर्वाचनमा  केन्द्रीय उपाध्यक्ष पदमा पूर्ण साथ, सहयोग र समर्थन गर्नुहुन अनुरोध गर्छु' भन्नु भएको छ ।