एबी डिभिलियर्सको आक्रामक ब्याटिङले बैंग्लोरको चौथो जित

एबी डिभिलियर्सको आक्रामक ब्याटिङले बैंग्लोरको चौथो जित
किंग्स इलेभन पञ्जावविरुद्ध सट प्रहार गर्दै रोयल च्यालेन्जर्स बैंग्लोरका एबी डिभिलियर्स । तस्बिर : बिसिसिआई ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख १२, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बुधबार राती सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले किंग्स इलेभन पञ्जावलाई १७ रनले पराजित गरेको छ । 

बैंग्लोरलाई चौथो जित दिलाउन एबी डिभिलियर्सले अभिजित ८२ रनको आक्रामक पारी खेले । डिभिलियर्सले ४४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । यस्तै, पार्थिव पटेलले २४ बलमा ४३ र मार्कस स्टोनिसले ३४ बलमा ४६ रन जोडेपछि बैंग्लोरले निर्धारित ओभरमा ४ विकेट गुमाएर २०२ रनको विशाल स्कोर जोडेको थियो ।
२०३ रनको लक्ष्य पछ्याएको पञ्जावले १८७ रनमा समेटियो । उसका लागि निकोलस पुरनले सर्वाधिक ४६ रन जोड । यस्तै, प्रारम्भिक ब्याट्सम्यान केएल राहुलले ४२, मयंक अग्रवालले ३५, डेभिड मिलरले २४ र क्रिस गेलले २३ रन जोडे । 

बैंग्लोरका उमेश यादवले सर्वाधिक तीन विकेट लिए । यस्तै, नवदीप सैनीले दुई, मार्कस स्टोनिस र मोइल अलीले समान एक विकेट लिए ।