माया
बैशाख १८, २०७८

'त्यो मायाँ के हो मलाई पो थहाँ छ बढी फुई लाउछे ,
कही की देवताकी छोरी भन्छे ' ।  

बढो जन्ने भलादमी छाँट र उन्मातको हासोमा नमील्दो चोचो बनाएर देवले मायाँ दीदीको पछडी यस्तो बोल्दा रेखालाई त्यसरी मान्छेको पछाडी  कुकुरले पनि कहिल्यै भुक्दैन जस्तै लाग्यो ।

देवको नजीक एउटी सुन्दरी बसेकी छे । ती सुन्दरीलाई देव सोल्टीले घरी घरी र्हेछ र बढो नमिल्दो तरीकाले चढेको अभिमान व्यक्त र्गछ । रेखालाई कता कता लाजले काउकुती लागउँछ । तरै पनि उनी चुपचाप आदी अपत्यारीलो कुरा सुन्दै हेर्नछिन् ,सबैसँगै ।

'तिम्रो नाम बदली हाल त मायाँ '

रेखालाई बल्ल थाहाँ भयो ती देव सोल्टीसगँ बस्ने केटीको नाम पनि माया नै रहेछ । यस देव सोल्टीलाई मायाँ नामले के बिगारी दिएको थियो कुन्नी !  नामप्रतिको मोहभङ्ग भएको देख्दा रेखालाई आचार्य लाग्यो । उसैको नाम मायाँ भई दिए के गथ्र्यो होला ? 

'कति धेरैलाई मन पर्दो रहेछ यो मायाँ नाम ! हैन , सोल्टीनी तपाईको पनि रेखा मायाँ नै होईन र ? '

देव सोल्टीले तीखो आखाँले रेखातिर  घोरीयो । उसलाई देव सोल्टीको त्यस्तो हेराई र कुरा गराई मन परेन । स्यालले कुखुरा ढुके झै राता गेडाका आखाँ पल्टाएर उनीतिर एकटक्क लागेको थियो । यस्तो जडीयाँसगँ के कुरा गराई भो र ! रेखा चुपचाप बसि रहि । देव सोल्टीले के सोच्यो कुन्नी ! अर्को दिशा मुन्टो बटारर्यो र युथ कलब रेष्टुराले लगाएको गीतको धुनमा कुभ्कर्णको भारी जीउ हल्लाउन थाले ।

रेखा मनमनै 'कस्तो चाल हो ? यो सोल्टीको !'

आरति , उमा,सृजना, प्रेम र कैलाश मस्त गफमा थिए । त्यस टेबलमा उनीहरु ८ जना थिए । बाकी आउने वाला थियो । नेपाली नयाँ बर्ष मनाउन जम्मा भएका थिए । सृजनाको गाउँको दाई थियो,देव सोल्टी । त्यसैले उनलाई सोल्टीनी साईनोले बोलाउथ्यो भन्दा पनि यहाँ हङ्गकङ्गमा चलनै छ । पहिले लाहुरे मामाहरुका पालामा सबै तन्नेरीदेखि बुढापाका मामा नै मामा अनि तरुनी देखि बुढीपाकी भान्जी नै भान्जी । अहिले त्यो साईनो पुरानो भएर नयाँ साईनोको फेसन चलेको छ,सोल्टा र सोल्टीनीको ।

'खोई कति ढिला गरेका होलान् सम्झना र मनुले ! आईपुगेनन् त ? '

घडी हेरेर रेखा बोली । आउदै होलान भन्ने उत्तर दिएर सबै गफमा मस्त भए । उसलाई चाहिँ सकस भयो । सोल्टी भनाउदा तरुनी चेपेर मख्खै । जिस्काईहाल्नु पनि अप्ठारो । फेरी अघिदेखि ती तरुनीले पनि उसलाई नै घुर्छे त ! कस्ती अप्टारी केटी रहेछीन् । प्रयाः रेखा सबैसगँ सजिलै बोल्ने र घुलमिल गर्न सक्ने मान्छे तर यो देव सोल्टीसगँ बस्ने तरुनीसगँ चाहिँ उनी किन हो बोल्न सकेकी थिईन ।

त्यहि माथी मायाँ दिदीको प्रसंगले उसलालाई रिस उठि रहेको थियो । दिदी बहिनीका कुरा गर्ने कस्तो मान्छे रहेछ , सोच्दै थिईन । अझ सोल्टीसगँ बसेकी तरुनी मायाँलाई देखेर  उनी जल्दै थिईन क्यारे । नजल्नु पनि कसरी र उनी साच्चै नै सुन्दरी थिईन । नरम हात्केला, गोरो अनुहारमा ठुलो ठुलो आखाँहरु, ठिक्कको सुलुत्त मिलेको नाक अनि उस्तै आर्कषक ओठ, मिलेको जीउडालमा बारुली कम्बर बिषेश ,रेखालाई पनि लोभाएको थियो । अझ् तेजीलो देखिन्थी जब उनी मुस्कुराउथी । उसको मलनि बोलीले नम्र व्यवहारको झलक्क दिन्थ्यो । साच्चै भन्नु पर्दा उनी प्रफेक्ट‐आईमाई नभनौ - नारी थिईन अथवा महिला कि त केटी !

यो हङ्गकङ्ग भरी यस्ती राम्री माया नाम गरेको को को छन् होला भनी रेखाले दिमाग घुमाएर सोची हेरीे । 

'९९ सपकी माया मोटी छे । नमस्ते खाजा घरकी माया काली छे । ईन्द्रेणी स्टोरको मायाँ साह्रै नक्ली तर राम्री हाईन क्यार ! मःमः र चटपटे दोकानकी माया एकदमै दुब्ली छे । मलाई त त्यतिलाई लुखुर्रकी पो भन्न मन लाग्छ त ! साडी पसलकी मायाको गाला भरी चायाँ छ । मिनी चुङ्गकिन्नकी माया भाउजु पुड्की छे ,कम्बरै नभएको । अनि पारी वानचाईमा बस्ने मायाँ गोरी त गोरी पहाडे छाटकी । त्यस्तालाई के राम्री भन्नु ,स्टाईल त गर्छे तर टुङ्गो न फेदको , झिलीमिली लुगा ,रातो लिबिस्टीक , आखाँमा कालो ढ्याब्रे   गाजल कुनै सरकसको जोर्कर्नी भन्दा कम छैनन् उनी हि...हि..हि ! सेन्ट्रल फेमस बारमा काम गर्ने माया ठिकैकी राम्री छे तर अर्काको पोई खोसेर बसेकीलाई के राम्री भन्नु होला  र ! '

अनि हङ्गकङ्ग मिस व्युटीका कोहि माया नाम गरेकी सुन्दरी छिन् की सोचीे ,अहँ ! कोहि त्यस्तो माया नाम गरेको सुन्दरी दरीएर हङ्गकङ्गहनेपाल व्युटी गनीएको थाहाँ भएन । तर यो माया त अच्चम्मैकी सुन्दरी छे । त्यसैले त्यो देव सोल्टीको चुरीफुरी बढेको छ । झोक्क चल्यो उसलाई । कहिको कुरौटे आईमाई मान्छे भन्दा परको । कति नै भलादमी बनेर अझ उपरखुट्टी लगाएको छ । रिसले उसको गाला रापीन्दै थियो क्लबको ढोका खोलीयो । सम्झना र मनु आईपुगे छन् ।

वातावरण निक्कै तातीसकेको थिएछ भनौन । रेखाले तोङ्गबामा ३ चोटी पानी थपी सकेकी थिएन । लाली चढेको गालामा रमाइर्लो मानेर उनीहरुले एक आपसमा नयाँ बर्षको शुभकामना आदनप्रदान गरे । क्रमश: देव, कैलाश, प्रेम र शंकर सोल्टीहरुसगँ चिनजानपछि मनु र सम्झनालाई माया दिदीको नामराशी उहि सुन्दरी मायादेवीसगँ पनि परीचय गराईयो । बढो विनम्र र मुलायम हाँसोले स्वागत गर्दै मायादेविले  उनीहरुलाई नमस्कार गरीन । अवक्क परेर तीनीहरुले मायादेविको नमस्कार थापे ।  मायादेविको सुन्दरताले हुन सक्छ उनीहरुलाई पनि रेखालाई झै बनाएको हुनु पर्छ

जलन ! ईष्य ! कि आचार्य !

  'मेरो धड्कन , मेरो सहारा, मेरो पहिलो मान्छे ! अर्थात  पहिले आफ्नो जीवनलाई सुरक्षीत माया र सम्मान गर, सक्षम हौँ । अरुसगँ माया माग्ने होईन । मायाँ कतै बाहिर अरुसगँ हुदैन आफु आफैसगँ हुन्छ ।'

बविता मान्छेलाई गन्दै नगनी ठुलो स्वारले हात नचाउदै कुरा गर्न खप्पीस् हुन थालेकी थिईन् । सृजना कम बोल्थी तर कसैले झोक चलायो भने सबै भन्दा पहिले वाईनको वोतल त्यस मान्छेको टाउँकामा फुट्ने गरी बजारेर मात्र सेलाउथीन् । रेखा भद्र बन्न खोज्ने घोसे थिईन भनौन । रक्सीको मात चढेपछि चाहिँ नारीवादी भई हाल्थी । कहिल्यै हार्न मान्दीन थिईन । भने जस्तो नभए पछि साथीभाईलाई छोडेर फुत्त घर आउने उसको बानी थियो  । त्यसरी छोडेर हिड्नुमा उसलाई एककिसिमको आन्नद मिल्थ्यो । त्यसैले सबैले उसलाई यो सन्की छे भन्थे । 

सबै गफमा मस्त थियो । तर मनुले रेखालाई घरी घरी हेर्थी । उनीहरुको गोप्य कुरा थियो । तर त्यत्रो मासले गर्दा  उनीहरुलको कुरो हुन सकेको थिएन । त्यहाँ फिल्मी कुरा चल्यो । उमेरमा साथीहरुसगँ स्कुलबाट भागेर सिनीमा हेरेका कुरा सबैले सम्झीए अझ कतिले प्रेम गरेका पनि सम्झे । त्यस्ताका चलेका फिल्महरु प्यार झुक्ता नहि , कयामत से कयामत तक , दिल नेपालीमा पिरती, लाहुरे , मायालु खोई अरु यस्तै कुन कुन थिए त्यसका र्चचा चलाए । उनीहरुको कुरा सिनीमा बाहेक जोडनभरीको को मान्छे कस्तो के हो भन्ने पनि थियो । 

देव सोल्टीले थुथुनो चुच्चो पारेर सुर्य फिल्टर सल्कायो । रेखालाई पनि त्यो फिल्टर तानुतानु लाग्यो । सृजनाले पनि उनीतिर आखाँ तारी तर रेखाले त्यो फिल्टर मागेर खाना मन गरीन । उसको छेउमा बस्ने मायालु केटिले सबैलाई पढी रहेको थियो । उनीहरु चारजना बविता,सृजना ,मनु र रेखालाई चोर आखाँले हेदै थियो । उनीहरुको आखाँ जुझी हाले मुस्कुराई दिन्थी र जुस पिउथी । कति राम्री अनि उस्तै राम्रो बानी पनि । उसले जुस लिएको बाहेक सबैले पीय पर्दाथ वाईन ,वियर र तोङ्गबा लिदै सबै आन्नदीत भएका थिए  । अरुहरु बियर ,वाईनले र रेखा तोङ्गबाले लाटीन्दै थियो । टेबलभरीको सेनमिगल , बुलु र्गल बियरको खाली टिनलाई हटाउन आग्रह गरेको यो तेस्रो पल्ट भयो । भुटेको कान , सुकुटी,छोईला , आलुदम चाउमिन र पखेटा अनि चटपटे फेरी मगाईएको थियो । 

उनीहरु सबै  जाडरक्सीमा चुर्लुम्ब  डुबेका आईमाई मान्छे मध्ये मायादेवि फरक थिईन । नम्र बोली, आपको रस सायद एक पिस मःमः र एक दुई चम्चा चटपटे खाई होला बढो सरम साथ । त्यसपछि त्यहि जुस घरीघरी तान्थी र त्यो देवसोल्टी के भन्छ कुन्नी कान थापी दिन्थी र मुसुक्क हास्थी मात्र । 

'कहिँको कुरौटे सोल्टी !'

तर प्रतिकृयविहिन मायादेविको नम्र स्वभावले त्यस कुरौटे सोल्टीलाई भलादमी बनाई दिएको थियो । रेखालाई पनि उसको जस्तो व्यवहार गर्न मन लाग्यो ।

कति सुन्दर आचरण, वहाँ ! 

वियर, रम र तोङबाको मात लाग्दै गरेको सबैको ज्यान झन झोकीन्दै रन्कीन्दै लत्रीन्दै थियो । स्वतन्त्रताको खुल्लम खुल्ला चुनौतीको हाक दिने आईमाईहरुको बिच बेसर्मीको सिमाना नागेर रेखा जो भट्टी पसलमा छिरेकी थिएन अब त सुर्य फिल्टर तान्न पनि पछि परीन । टेबलमा भएको त्यो देवसोल्टीको सुर्य फिल्टरमा उसको नरम हात परयो । एक खिल्ली निकाली अनि दाईने हातको चोर र माईली औलाको बिचमा चेपेर मुखमा पुराई देब्रे हातले लाईटरको टाउँकोलाई बुढी औलाले एक ठक् र्हिकाई दिईन । आगो आक्तिएर भुर्रर.....गर्दै निक्लेउ र उसको मुखमा चेपीऐको सुर्य फिल्टरलाई श्वास भरी दियो । उसको मुखको सुर्य फिल्टर जीवीत हुदा उनी आन्नदीत भईन । पातलो धुवा छोडेर सिगरेटले रमाईलो मानेको प्रतीकृया जनायो । एक किसिमले सुर्य फिल्टरले आफ्नो उपस्थिती जनाउन धुवा मात्र काफी नभएर गन्ध पनि छाडेको थियो ।

ती नम्र सालीन स्वाभावकी मायादेविले यहाँको वाफीलो रक्सी जाडसगँ सिगरेट र मान्छेको गन्धको वातावरणमा नाक मुख खुम्चाएको देखिएन । कति धेरै सहनशिलता रहेछ उसमा । कुनै बेला रेखा सिगरेट नपीउँदा उसको छेउमा कुनै मान्छेले सिगरेट पीएमा । 

 'उहुँ ! कस्तो सिगरेट गनाएको ' भन्दै पातलो हातको सासानो औलाहरुलाई त्यसै हावामा दायाबायाँ हल्उाउदै धुवा हटाएको बाहना बनाउथी र नाक खुम्चाउँथी । फुस्स रिसाउथी । आखीभौँ झुरुप्प बनाएर अध्यारो हुन्थी र ठुलै घ्रिणाको दृष्टिले त्यस सिगरेट पीउने मान्छेलाई हेर्थी । त्यसबेलाको सहै नै सध्य मान्छे आज अर्को बेर्समीको सिमा नागेर सिगरेट पीउदै थिईन मायादेविको अगाडी ।

लाजले मनमा जोरलात्ती हान्यो ।

तोङ्गबाको साथ पाएर होला उसलाई केहि भएन । 

लाज पचाईन ! 
'औ ! तिमी त र्दाशनीक बन्यौ की क्या हौ ? ' 

लाली चढेको गालामा हात राख्दै बविताले रेखालाई सोधी । उसलाई के भन्ने भयो । झट्ट सृजनाले बोली  'अरे ! बवि यसलाई छोड् अब अर्को तोङ्गबा चाहिँ थप्न नदेउ । नत्र छोरी र्दाशनीक त होईन अरु नै केहि बन्न बेर छैन ।'

'हि.....हि....हि... हो  अझ झोक उठाउनु हुन्न नी छोरीलाई ' घत परुन्जेल हास्दै बविले भनी ।

त्यस टेबलमा भएका सबैका आखाँ झुरुप्प उनी माथी खनीए र पुनः सबैका हाँसो  पनि उनी माथी ब्रजीयो । उसलाई अलिक अप्ठारोसँगै रिस पनि उठ्यो । मन मनै प्रश्न गरी ..
हैन म नबोल्दैमा र्दाशनीक हुने अनि बोल्दा चाहिँ के हुन्छु त ? 

'पाटीमा काम गर्ने मान्छे यस्तै हुनु पर्छ ।धेरै बोल्नु हुन्न  कि कसो त सोल्टीनी ?' देव सोल्टीले भन्यो 

'हैन किन चारैतीरबाट म माथी यत्रो जिज्ञास फैलिन्दैछ हँ !' उनी अच्चम बनी । 

'फेरी पाटीमा म कहाँ  कार्यरत छु र ? हङ्गकङ्ग बासीलाई भरअभरमा तुरुन्त सहयोग आदनप्रदान गर्न खोलिएको हङ्गकङ्ग हाम्रो गाउँ समाज सस्थामा त कार्यरत । त्यहाँ नयाँ बर्षको कार्यक्रम मनाउने जानकारी र निमन्त्रण त बाटेकी थिए ,के त्यतिले नै म पाटीगत काम गर्ने मान्छे हुन सक्छु त ? '

बढो अचम्म ! 

पार्टीगत संस्थामा कार्यरत भन्दै उसलाई त्याहि एउटै टेबलका साथीहरुबाट पृथक बनाई रहेको थियो राजनीतिक गर्ने उपाधी थमाएर । उनीहरु भन्दा रेखा फरक हो भन्ने पक्ष विपक्ष त्यहाँ त्रमशः निक्लीन्दै गयो तर त्यहाँ सबैको अगाडी बसेकी एक जना मृदु आईमाई जो हरबखत बोल्दीन थिईन् उसको चाहिँ कुरा चलेना । कसैले बोल्दैन किन भनेर सोधेनन् । 

'तपाईहरु आफै व्यस्त हुनुहुन्छ , म के कुरा गरौ ? त्यसो भन्दा पनि म गुड् लिस्नर हो नी'

उसले यसो भन्दै टेबल वरीपरी बसेका सबैलाई हेरी र मुस्कान दिईन । मायादेवीले झै सालीन तौरबाट । तर कस्तो कस्तो उसलाई कुकुरले गरे झै लाग्यो । मायादेविले उसलाई नहेरी आपको झोल पीई । 

'कस्ती रहिछे , बाँ ! 
मैले उसको जस्तो बानी चोरेकी पो थाहाँ पाई की ! 'रेखा हच्की । 

तुरुन्त एस्ट्रेमा र्मन लागेको सुर्य फिल्टरलाई उठाईन र श्वास भर्न थाली । पाक्लाक पुलुक्क यताँ उत्ता हेरी । यहाँ पनि कर्ण शाक्य आईपुग्यो की  भने झै । 'तर उसले मसगँ १ रुपैयाँ उठाउन सक्दैन । किन भने मैले कहिल्यै सिगरेट किनेर खान्न ।'

फ्रिको सिगरेट जो तानेकी त थिईन ।

युथ रेष्टुरेन्ट कलबको ढोका खोलीयो । नेपाली ढाकाँ टोपी लगाएको एक जना श्रीमानसगँ अरु तीन जना भुसतिग्रे भित्रीयो । तीनीहरु सायद बाहिरा बाटो, सोल्ब, विल्डीङ्ग , टनल ,ड्रईभर, डम्पीङ्ग साईड ईत्यदिमा काम गर्ने हुनु पर्छ उनको  दाई भाई जस्तै । तर ढाँका टोपीवाला श्रीमान चाहिँ घामबाट सुरक्षित ठाउँमा काम गर्ने हुनु पर्छ । उ सेपभित्रको विरुवा झै पहेलो सेतो थियो । तीनीहरु उनीहरु बसेको टेबलको छेउ कुनामा अवस्थीत खाली टेबलमा गएर बस्यो । त्यो ठाउँ गोप्य कुरा गर्नेका लागी सहि थियो ।

उनीहरुको अगाडीको ठुलो टेबलमा अरु ईन्डोनेसियन र फिलीपीनसका महिलाहरु नेपाली दाजुभाईका हातमा हात राखेर बसेर खादै पीउदै रमाई रहेका थिए । ती ईण्डो, थाई, मले, फिली ईत्यदि नामकरणबाट उपनामकरणमा पनि बोलाईन्ने आईमाईहरु नेपाली आईमाई जस्तो देखिन्थे । उनीहरु नेपाली महिला भन्दा फरक थिएनन् । उनीहरुको आखाँमा एककिसिमको अनौठो भन्नै नसकिन्ने खालको खोई माया भन्नु कि डर भन्नु कि छलकपट शंका भन्नु कि यस्तै विश्वास र अविश्वास घोलीएका फागु रंग हेराईपीछे पुतपुताई रहन्थे । हाम्रा नेपाली दाजुभाईले सगौरबसगँ भद्वा भुडी फुलाएर तीनीहरुसगँ कुनै अपत्यारीला असुहाउदीला सायद यस्तै बाहादुरीका कुरा गर्दै थिए होलान । लज्जाको लालीमय दृष्टिले घरी घरी ती मध्य एक ईण्डो या फिली ! (उस्ता उस्तै हुन्छन् ) ले रेखालाई हेर्थी । प्रतिउत्तरमा लोलाएका एक किसिमको व्यग्र याचना दृष्टिले उसले पनि हेरी मुस्कुराइ दिन्थी । तर कस्तो व्यग्रता ? कस्तो याचना ? उसलेले थाहाँ पाउन सकिन ।

उनीहरुको टेबलमा फेरी ब्लु गल र सेन्मीगल बियरको ढुङ्गगङ्गर भएछ । पुनः त्यो हटाउने आग्रह भयो । देवसोल्टीले मायाँ दिदीलाई दागा धरेको रेखालाई मन परेको थिएन । 
आईमाई मान्छेले विवाह गर्दा पनि धर नपाउने र विवाह नर्गदा पनि नहुने यो हाम्रो कस्तो सोच बोकेको हँगकँगको नेपाली समाज होला ? 

मायाँ दिदीले विवाह नगरे पनि यो समाजमा उच्च अहोदाको जीवन बिताएको देखेर उसलाई रिस उठेर त्यसो भनेको होला की ! । 

मान्छेलाई छिके्र लगाएर पर्छानु छ भने सबै भन्दा  पहिले उसको नैतीक आचरणलाई हल्लाउदै जानु पर्छ रे । 

त्यसपछि र्सवस्व् स्वहः । 

नैतीकता मान्छे भन्दा ठुलो हुदो रहेछ । एउटा मान्छेको आत्मा सम्मान विश्वास जस्तो कुराले पनि यो नैतीकताको अगाडी घुडा टेक्छ रे ! त्यसैले होला यो सोल्टीले माया दिदीको  नैतीकतालाई यसो त्यसो हल्लाउने जमार्को गरेको तर यसले भन्दैमा दागा धर्दैमा केहि हुनेवाला छैन । हैन यो देवसोल्टीले के सोच्दो रहेछ अरुलाई हँ ? '

'तोङ्गबा लिनुहोस् सोल्टीनी मेरो तर्फबाट ।'

एउटा नयाँ तोङ्गबा दोकाने बैनीले ल्याईवरी टेबलमा राखी दिईन ।देव सोल्टीले बढो घमण्डको साथ रेखालाई अनुरोध गर्दै थियो । छेउमा बसेकी मायादेविले त्यहाँको वातावरणलमई सहज लिएकी थिइन् । कति धेरै उदरता होला उसमा । त्यहिँ तोङ्गबा खाना त रेखा यहाँ आएकी । त्यसैले सहर्ष स्विकारे र धन्यबाद दिईन । सायद आज त्यहाँ आई रहेका सबै पियपदार्थ र ठोस पदार्थको जिम्मेदार उ नै होला झै थियो । किन भने अरु सोल्टीहरुले देवसोल्टीकै मुखमात्र हेर्दै थिए । सबैका अन्नपानी उपलब्ध गरमउने ब्रमा बिष्णु महेश्वर ! तर केटी पाटीले लिएका चिजहरुमा ५ वटीले नै बराबरी बिल तिरौ है भन्ने सल्लाह पह्लियै भैसकेको थियो ।

देवसोल्टी घरीघरी मायादेविलाई हेर्दै जीउ मराकमुरुक्क तन्काउदै नसा तन्काएको भन्थ्यो । त्यसो भन्दा ती अरु केटासोल्टीहरु उसगँ आखाँ जुझाएर के बोल्थे कुन्नी तीनिहरु सबै मुस्कुराउथे । रेखालाई मायादेवि सोल्टीनिसगँ बोल्न मन लाग्यो ।उसको आचरण र स्वभावले उनी निक्कै पढेकी उच्च कोटीकी देखिन्थी । कसरी देवसोल्टी उसको मित्र भयो होला ?

निक्कै अघिदेखि मनु छटपटीन्दै थियो । रेखा र मनुको केहि गोप्य कुरा थियो । मनुले रेखालाई भेटेरै भन्छु भनेकी थिईन् । त्यसैले आज नयाँ बर्ष मनाउने औसर जुराएर भेट् गरीएको थियो । आखाँबाट बोल्न नै नजान्ने रेखा मनुले झिम झिम गरेर ईसारा  गरेकी थिए  तर उसले कुरा नबुझेर  छेउको कागजको नेप्पीन पो उसलाई दिदा गुजुल्ठाएर फाल्दै भनी ।

'सुड्डी ! कुरै बुझ्दीन ' मनुले भनी ।

प्रयाः सबैले रेखालाई सुड्डी भनेर सम्बोधन गथ्र्यौ । किन भने उनी जहिल्यै पनि आपनो उमेर बढाएर जेठी हुन खोज्थी ।

'हाउ ! उसलाई पो बुढी हुन मन छ तर मेरो चाहिँ किन उमेर बढाउने ? छेउमा बसेर त्यस्तो कुरा नगर त । तिमीले गर्दा मेरो पो उमेर बढेउ त ।'
ओहो ! हो त  । लुक्न त लुक्नु पुछर देखाएर भने झै  । तरै पनि रेखाले अझै ठुलै दबाब दिएर भन्थीे बवीलाई

'तिमीलाई थहाँ नभएको हो म तिमी भन्दा जेठी नै छु ।'

यसो भन्दा बवीले रेखालाई हङ्गकङ्ग नागरीक प्रमाण पत्र पर्छान लगाउथी । अनि भारी पुग्थ्यो । मनुले रेखालाई घर जाने होईन भनी सोधी । उनीहरुको मिनीबस एउटै थियो किन भने मनु हुङ्गहाममा झर्थी र रेखा छोई होङ्घ बस्थी । रेखाले घडी हेरेर जाने हो भनी ।     

गत,आईतोबारको दिन घटेको त्यो घटना केवल मनुको मात्र होईन । त्यो घटना अनिश्चीत कुनै पनि बेला कुनै पनि महिला माथी आई पर्ने सक्ने झण्डै निश्चीत झै घटना थियो । अनि साच्चै नढाटी भन्नु पर्दा त्यो घटना रेखाको विगत जीवनको एउटा सत्य  पनि थियो ।

सबैको जीवन प्रिय र मह्त्वकांक्षी हुन्छ ,सबैले सबैलाई भिन्न र उत्तम ठान्नु स्वाभिक  हो । विचार  सधै स्वतन्त्रता हुन्छ । त्यसैले प्रत्येकले आ आफ्नो ईच्छा र अनईच्छामा स्वतन्त्र विचार गर्न पाउँछन् र पनि यो समाज अनौठो तरीकाले परिभाषीत छ । मनुले जीवनसगँ नबस्ने कुरागरेकोले जीवनले मनुलाई पीटेछ र भनेछ आईन्दा यस्तो कुरा उसले बाचुन्जेल नसोचोस् भनी । यी सब घटनाका पछाडी के कारणहरु लुकेका होलान ? 

पुरुषहरुमा नेपोलीयन बोनापर्ट हुने होडबाजी चलेको छ कि जस्तो पनि देखिन्छ 'प्रकृतिले महिलाहरुलाई हाम्रा दासको निमित्त बनाएका (जन्माएको) ....उनीहरु हाम्रा सम्पति हो ...महिलाहरु केहि होईन उनीहरु मेसिन हो जस्ले सन्तान जन्माउँछ' । उसलाई यस्तो महान पुरुषको बौद्विक द्ररिद्रता देखेर दुःख लाग्यो । रेखालाई मनुको औधी माया लागेर आयो । तर उसले कहि बोल्न भने सकिन ।

 मनुलाई कसरी सम्झउने र बुझाउने ? उसको जीवनमाथी उसैले निणर्य लिएको थियो भनेर अब छोड्न पनि कसरी र ? रेखाले उसको ज्यानको सुरक्षाको निमित्त पुलीस नालीस र अरु यहाँ अवस्थीत सामाजीक सहयोग बारे जानकारी गराएकी थिईन । धन्य यहाँ हङ्गकङ्गमा चाहिँ महिलाहिसाँ सम्बन्धीका मुद्वालाई निक्कै न्ययीक ढंगबाट हेरीनछन् । हङ्गकङ्ग सरकारले पीडीतलाई हरतर्फको सर सल्लाह र सहयोग उपलब्ध सक्दो गर्ने गर्छ । यदि पीडीतले चाहन्छन् भने ।

ढोका ढकढकाए त खोलिन्ने हो  मनुले आफ्नो ज्यानको सुरक्षा मुद्वा चलाएर तर कुन कारणले हो अन्तमा उनी जीवनसैँ बस्न थाली । रेखा चाहिँ खाए पनि नखाए पनि बाघको मुख रातै भने झै भईन्  । अब मनु र रेखा छुट्टीन्ने तर्खरमा थियो । रेखालाई कसो कसो केहि छुट्टीए झै लाग्यो । निक्कै बेरको मौनताले त्यहाँ के गफ भएको थियो उसले थाहै पाइन । सृजनाले  'है न त' भनी सोध्दा अलमल्ल परीन । 

देवसोल्टी मातेर आखाँ रातो र चिप्रीक्क पारेर कोल्टे परेको थियो । मायादेवि अहिले पनि शान्त थिईन् । कति अच्चमकी केटी रहेछ । हामीलाई जस्तो यसलाई के बित्यो भन्ने पनि छैन कि क्या हो ! सायद उसगँ नबोलेर पो हो की मलाई खल्लो लागेको !  रेखा मायादेवीसगँ बोल्न आगाडी सरि ........ ।

'मायाँदेवि जी ! तपाई कति सुन्दर र भद्र महिला मैले अहिले सम्म देखेकी छैन ।यहाँ कहाँ बस्नु  हुन्छ ? '

उसको नम्र र मुलायम साना ओठबाट बिस्तारै निक्लीएको शब्दले बल्ल पो थाहाँ भयो  उनी त लन्डनबाट यहाँ हङ्गकङ्ग विश्वविधालयमा आई हङ्गकङ्गमा बसोबास गर्ने दक्षिण एशियालीहरुको संस्कृतिक सामजिकरण तथा अनुकुलता सम्बन्धी अन्तरगतमा पनि विशेष महिलासम्बन्धी अध्यान गदै गरेको कुरा सुनाईन् । यहाँ नेपाली महिला समुदयाको निमित्त कमला राईद्वारा स्थापीत भएको नेपाली महिला संघले उसलाई के कारणले हो मद्वत गर्न सकेन छ ।      

रेखाले व्यक्तिगत तौरबाट गर्न सक्ने मद्वत गरौला भनी । उसलाई अब मायादेवी निक्कै राम्री लाग्न थाल्यौ । अघिसम्मको ईष्यहरु छु मन्तर भयो । सुन्दर मान्छेको सबै कुरा सुन्दर नै हुदा रहेछन् । रेखाले आफु आफैले स्वयम् सुन्दरी नै छु  भन्ने घमण्ड पनि गरी जस्तो देखीयो । अझ अरु दिन भन्दा  आज निक्कै अनुसनशित भएर बसेकी मात्र नभएर कम बोलेकी पनि थिएन् । यसले उसको व्यक्तित्व गहगो देखेको हुनु पर्छ भन्ने कुरा मन मनै सोचेर अरु मख्ख परीन । उनी वास्तवमै देवसोल्टीको घरकै सोल्टी  थियो । आज नेपाली युथ कलबमा उसलाई खाना खान र हङ्गकङ्गका युथ बारे जानकारी गराउन ल्याएको रहेछ । देव सोल्टी  नेपाली युथहरुको अग्रज मातेर  अब बेहोस भएर सोफामा लम्पसार पर्न मात्र बाकी थियो । देव सोल्टीको अवस्था  देखेर रेखालाई अप्ठारो लाग्यो । मायादेवि अरु कुरा गर्न चाहेकी थिईन तर मनुले तानी  । समय हेर्दा १० बजी सकेको थियो । मिनी बसमा उनीहरु दुई अगाडी सिटमा बसे । मिनीबसको रेडियो नसुति गफ गरी रहेको थियो । मनु र रेखा बिच गहिरो मौनता छाएको थियो । मनुले नै मौनतालाई भङ्ग गर्दै बोली 'अई साथी तिमीलाई थाहाँ छ ,हेरन जीवनको त अर्को केटी पनि रहेछ ।'

रेखा छागामा झरे झै भई । आखाँ पल्टाई । त्यो पल्टीएको आखाँ घोप्टीएन ,चिम्म पनि हुन सकेन बरु उसलाई पो एकोहोरो हेर्न थाली । मनुले रेखालाई हेरेकीे थिइनन् । रेखाले केहि सोच्न नै सकिन । बँ ! गल्ती सुनेकी भनेर  के भन्यौ ? भनी सोधी  

'ती केटीबाट जीवनको छोरी जन्मेको रहेछ '

मनुको यस वाक्यले रेखाको कानमा झिर रोप्योे । अघि सम्मको तोङ्गबाको सबै सन्कोले हंसा छोड्यौ ।

'अब के गछौ ? ' 

मनुले प्रश्नको उत्तर दिईन ।  एक किसिमको झोक चल्यौ उसलाई । 

'मैले पहिल्यै सम्झाएकी थिए त्यसरी जीवनसगँ सम्बन्ध नराख उसको स्वस्नी रहेछ भनी बारम्बार सम्झाएकी आज यो दसा उफ ! '

मनुको यो वेगतीको कुराले रेखालाई चुट्न सम्म चुट्यो । उसको जीउ लोलाएर आयो । कुनै दिन बृतान्तमा कुरा गर्छु भनी मनु चुप भयो ।  उसको र्ओलीन्ने बेला पनि भएछ । 
'जीवन यस्तै हो साथी' धेरै नसोच्नु मेरो बारे छोरासँग म भोली कोठा सर्दैछु नयाँ फलाइटमा बसेर गफ गरौला' यक्ति भनेर मनु मिनीबसबाट र्ओली र रेखालाई राम्ररी जानु भनी ।
सोच्नु पर्ने कुरा नै अब कहाँ रहयो र ! 

अब के भन्नु र सुन्नु बाँकी छ होला ? मनलाई शान्त पार्न रेखाले माया दिदीलाई सम्झी । 

कति आटीली छे उनी । 

'स्वस्नीमान्छेले आफ्नो जीवन बाच्नुको लागी के लाग्ने मान्छेसगँ साहरा लिनु विवाह नै गर्नु पर्छ र ? मेरा  धड्कन  , मेरो सहरा , मेरो पहिलो प्रेम !

भनी पोहोर साल नाम्लीङ्ग काकीकोमा नयाँ बर्षको भेटमा भनेका कुराले पहिले त रेखा अच्चम्म परी तर माया दिदीको जोसिलो र मायालु स्वभाव उसलाई मन पर्दै गयो । नपढेकी भए पनि के भो र पढेको मान्छेले भन्दा बढी सम्मानीत जीवन बाचेकी छे  । उसलाई आफैलाई सरम लाग्यो । 

'माया प्रेमको लालसमा फसेर एकल अभिभावक भई छोरा र छोरी र्हुकाउनु चुनैती होईन नै, त्यो कर्तव्य पनि होईन मात्र कामको फल हो ।'

यस्तो धारण उसले रेखालाई सुनाउदाँ रेखाको शिरै झुकेको थियो । उसको हेर्ने दृष्टिीकोण ,बुझ्ने स्थिती र ग्रहण गर्ने क्षमता देखेर रेखा झनै छक्क परेकी थिईन । उसको प्रेम सम्बन्धी अनौठो धारण थियो र भन्थी  'रेड ईज क्रान्ति वाईट ईज शान्ति '। उनी सधै प्रेमलाई रातो रङ्गको संकेत र भाषामा प्रयोग गर्थी । माया दिदीकोको व्यक्तिगत धारण र सामाजीक कार्य यति वृह्त थियो प्रत्येक क्षेत्रमा उनी लोग्नेकान्छेहरुसगैँ खुलस्त बोल्ने र सहयोगका कार्य गर्ने गर्थी । त्यसैले उसलाई लोग्ने मान्छेप्रति वितृष्णा भएको हो जस्तो रेखालाई लागेन । यो सम्भव पनि त थिएना र छैन पनि । तर मान्छेहरु चाहिँ उसको भावनाको कदर नगरी एकोहोरो विवाह नगर्नुको दोष दिई रहेको देख्दा अच्चम्मै लाग्थ्यौ

कसैको निमित्त माया दिदीले विवाह प्रतिबन्धको आन्दोलनलाई शिरोपर गरेको र रेखा जस्तो लाई जीउदो लोक्नेकी विधवाको अस्तित्व माग गर्ने अस्तित्ववादी एकल महिला भनीए पनि ती सबै सोच सबैका लागी सहि र गलत दुबै हुन सक्थ्यो । मान्छेको सवालमा भन्ने हो भने उहि माया दिदीको भनाईलाई नै रेखाले मन पराईन ।  'मेरो धड्कन , मेरो सहारा, मेरो पहिलो मान्छे ! अर्थात  पहिले आफ्नो जीवनलाई सुरक्षीत माया र सम्मान गर, सक्षम हौँ । अरुसगँ माया माग्ने होईन । मायाँ कतै बाहिर अरुसगँ हुदैन आफु आफैसगँ हुन्छ ।'

आनीको गीत मनमा गुञ्जीयो फुलको आखाँमा फुलै  संसार..काडाँको आखाँमा काडैँ संसार..... । 


हङ्गकङ्ग