मरेकाे मान्छेसँग कुरा गर्ने सिनेमा

मरेकाे मान्छेसँग कुरा गर्ने सिनेमा

सरोज ज्ञवाली  |  लोकरञ्जन  |  बैशाख १२, २०७६

‘दि सिक्थ सेन्स’लाई एउटा उत्कृष्ट साइकोलजिकल थ्रिलर फिल्मका रुपमा गणना   गरिन्छ । यस सिनेमालाई भारतीय मूलका अमेरिकी नागरिक स्यामनले निर्देशन गरेका थिए । यस सिनेमाका लेखक पनि स्यामन नै हुन् उनलाई यस सिनेमाले नयाँ स्पिलबर्गको रुपमा चित्रित गरेको थियो । करिव ४० मिलियन डलरमा निर्माण भएको यस सिनेमाले झण्डै ६७३ मिलियन डलर बराबरको कमाई गरेको थियो । नायक ब्रुश ऊलिसको अभिनयको यो एउटा उत्कृष्ट सिनेमा पनि हो । 

सिनेमाको पृष्ठभूमि डा. म्याकोलम क्रोबेको वरिपरि घुमेको छ । डा. म्याकोलम फिलाडेल्फिया शहरको प्रख्यात मनोविज्ञ हुन्छन् । शहरका मेयरले पनि उनको योगदानको कदर गर्दै उनलाई नागरिक सम्मान प्रदान गरेका हुन्छन् । डा. म्याकोलम र उनको श्रीमती घरमा हुँदा भिसेन्ट नामक एउटा मानसिक रोगी उनको घरमा आउँछ । उसले डा. म्याकोलमले आफूलाई ठिक गर्न नसकेको भनी उनलाई गोली हान्छ र आफू पनि टाउकोमा गोली हानी आत्महत्या गर्छ । 

सिनेमामा उनलाई जीवीत देखाइन्छ । यो नै यस सिनेमाको रहस्य हो । डा.म्याकोलमलाइ आफ्नो एकजना रोगीको उपचार गर्न नसकेकोमा निकै ग्लानि थियो । र यसको बोझ कम गर्न उनी अन्य विरामीलार्ई धेरै स्नेह र सावधानीपूर्वक उपचार गर्ने गर्दथे । यसै क्रममा कोल नामक नौ वर्षीय बच्चा उनको  पेसेन्ट बनी आउँछ । 

कोल अद्भूत क्षमतासम्पन्न बच्चा हुन्छ र ऊ एन्जाइटी डिसअर्डर रोगबाट ग्रसित हुन्छ । यस समस्याले गर्दा कोल कुनै पनि काम ठिकसँग गर्न सक्दैन् । कोलसँग एउटा विशेष क्षमता हुन्छ, ऊसँग मरेका मान्छेलाई देख्नसक्ने र कुरा गर्नसक्ने विचित्रको क्षमता हुन्छ । 

वास्तविक रुपमा डा. म्याकोलम गोली लागेर मरिसकेको हुन्छन् । तर कोलले मरेका मान्छे देख्ने क्षमताले गर्दा डा. म्याकोलमसँग ऊ कुरा गरिराखेको हुन्छ । फिल्मको प्रारम्भमा डा. म्याकोलमले बच्चा कोललाई मरेका मान्छेलाई देखेर नडराउने काउन्सिलिङ्ग दिएका हुन्छन् । विस्तारै कोल पनि मरेका मान्छेसँग नडराई सहयोग गर्न थाल्छ ।

फिल्ममा बच्चा कोलको भेट मरिसकेकी एकजना केटी कायरासँग हुन्छ । मरिसकेकी कायराले कोललाई एउटा भिडियो टेप दिन्छिन् । त्यस भिडियो टेपमा कायरालाई उसको आमाले विष दिएर मारेको देखाइएको हुन्छ । वास्तवमा कायराको आमा पनि मुनचेसन सिन्ड्रोम वाई प्रोक्सी भन्ने मानसिक  रोगबाट ग्रस्त हुन्छिन् । यस रोगबाट ग्रस्त मानिस सबैबाट सहानुभूति पाउने अपेक्षा राख्छन् । र यस्तो सहानुभूती पाउन रोगीले जस्तो काम पनि गर्छन् । कायराकी आमाले छोरी मरेको सहानुभूति पाउन कायरालाई स्लो प्वाइजन दिएर हत्या गरेकी हुन्छिन् । 

मृतक कायराले बच्चा कोलको सहायताले आफ्नो हत्या मानसिक रोगी आमाले गरेको रहस्य खोलिदिन्छिन् । 

फिल्ममा देखाइन्छ वास्तवमा डा. म्याकोलम मरीसकेका हुन्छन् । तर बच्चा कोल उनलाई देख्न सक्छ । उसका लागि डा. म्याकोलम अझै उसको उपचार र हेरचाह गरिरहेका हुनछन् । फिल्मलाई रोचक बनाउन म्याकोलमलाई पनि जीवित पात्रझैं देखाइएको हुन्छ । दर्शकलाई डा. म्याकोलमको रहस्यबारे फिल्मको अन्तमा आएर थाहा हुन्छ कि डा. म्याकोलम त बच्चा कोलका लागिमात्र जीवित छन् । 

फिल्मको अन्तमा बच्चा कोलको मद्दतले डा. म्याकोलमले थाहा पाउँछन् वास्तवमा उनी जिउँदो होइनन् । उनी मरिसकेका छन् । उनी बच्चा कोलको मस्तिष्कको उपज मात्रै हुन् । फिल्मले यस विषयबारे धेरै कुरामा रहस्य यथावत राखेको छ । फिल्मले सिनेप्रेमीलाई पर्याप्त मनोरंजन दिन्छ । 

याे पनि

ड्रगले मस्तिष्कीय क्षमता सय प्रतिशत हुने फिल्म लुसीको नायिका सुपरम्यान बनिन

कृतिम बौद्धिकताको संसारः म्याट्रिक्स फिल्मबारे एक चर्चा

सपना भित्रको सपना फिल्म इन्सेप्सनको कल्पना

रोबोट र मनुष्यको द्वन्द्व विषयक उत्कृष्ट फिल्म: एआई

ल बुझ्नुस सटर आइल्याण्ड फिल्मको सस्पेन्स