विश्व मलेरिया दिवसको उपहारः मलेरिया विरुद्धकाे भ्याक्सिन

विश्व मलेरिया दिवसको उपहारः मलेरिया विरुद्धकाे भ्याक्सिन

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  बैशाख १२, २०७६

विश्व मलेरिया दिवसको उपलक्ष्यमा अफ्रिकी देश मलावीमा पहिलो पटक मलेरिया विरुद्धको भ्याक्सिनको शुरुवात गरिएको छ । 

पछिल्लो तीस वर्ष देखि मलेरियाको भ्याक्सिन बनाउने प्रयत्न चलिरहेको थियो । यो भ्याक्सिन पाँच महिनादेखि दुई वर्षको बच्चाका लागि विकसित गरिएको हो ।

हरेक वर्ष मलेरियाले ४ लाख ३५ हजारको मृत्यु हुने गरेको छ । 

मलेरियाका कारण अफ्रिकामा हरेक साल  झण्डै २ लाख ५० हजार व्यक्तिको मृत्यु  हुने गरेको छ । जुन विश्वका अन्य महदेशकाे तुलनामा सर्वाधिक हाे । 

विश्व स्वास्थ्य संगठनले मलावी सरकारप्रति यस कार्यक्रमको लागि आभार पनि प्रकट गरेको छ । विश्व स्वास्थ्य संगठनले धेरै अघि दुई वर्ष भन्दा कम उमेरका बच्चाहरुका लागि भ्याक्सिन ल्याउने घोषणा गरेको थियो । 

मलेरिया विरुद्धको पाइलट प्रोजेक्टको रुपमा विकास भएको यो भ्याक्सिनको नाम आरटिएसएस राखिएको छ । अफ्रिकी देश घाना तथा केन्यामा भने यो भ्याक्सिन केही साता पछि मात्र सार्वजनिक हुनेछ । 

मलेरियाका कारण विश्वमा प्रत्येक मिनेटमा २ जनाको मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठनको एक अनुमान अनुसार दक्षिण पूर्व एशियामा हुने कुल मलेरियाको संक्रमणमा भारतमा मात्र झण्डै ८९ प्रतिशत हुने गरेको छ । नेशनल भेक्टर बोर्न डिजिज कंट्रोल प्रोग्रामका अनुसार सन् २०१६ मा रेकर्ड भएको १० लाख ९० हजार ७ सय २४ केस मध्ये ३३१ जनाको मृत्यु भएको थियो ।  

यस भ्याक्सिनले मलेरिया विरुद्ध रोग प्रतिरोधात्मक क्षमताको विकास गर्नेछ ।

मलेरियाको सबैभन्दा घातक मानिएको प्लाज्मोडियम फाल्सीपेरमका विरुद्ध पनि काम गर्ने ठानिएको छ । अफ्रिकामा यो परजीवीको प्रकोप सबैभन्दा धेरै छ ।

१० मध्ये ४ केसमा यो उपयोगी मानिएको छ ।