शंकर पोखरेल : पुन: लुम्बिनीको मुख्यमन्त्री नियुक्त ! एमाले संसद दृग नारायण पाण्डेद्वारा राजीनामा !!

शंकर पोखरेल : पुन: लुम्बिनीको मुख्यमन्त्री  नियुक्त ! एमाले संसद दृग नारायण पाण्डेद्वारा राजीनामा !!

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १९, २०७८

 रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएकको केही घण्टामा नै शंकर पोखरेल पनि पुन: २०७८ बैशाख १९ नै मुख्यमन्त्री नियुक्त हुनु भएको छ । मुख्यमन्त्रीबाट राजीनामा दिनासाथ   प्रदेशसभा सदस्य विमला वली माओवादीकेन्द्रमा लाग्ने घोषणा गर्नु भएको थियो  । 

पोखरेललाई प्रदेश प्रमुखबाट आजै ०७८ बैशाख १९ आइतबारै सपथ ग्रहण गराउने तयारी गरिएको छ। पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले एकल सरकार गठन गर्नु हुने छ । 

विमला वली एमाले संसदीय दलको सदस्य भइसकेकाले अब उहाँलाई माओवादीमा लागे पनि तत्काल पोखरेलको बहुमत नगुम्ने बरु राजनीतिक दलसम्बन्धी ऐनको दफा २९ अनुसार वलीलाई कारवाही अघि बढाउने एमालेले तयारी थालेको छ ।

यसै बिच नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गर्नु भएको छ ।