चीनमा पोषण सुधार कार्यक्रमबाट एक करोड १२ लाख बालबालिका लाभान्वित

चीनमा पोषण सुधार कार्यक्रमबाट एक करोड १२ लाख बालबालिका लाभान्वित

लोकसंवाद संवाददाता  |  विदेश  |  बैशाख २०, २०७८

एजेन्सी ।  चीनमा सञ्चालित पोषण सुधार कार्यक्रमबाट सन् २०२० को अन्त्यसम्ममा एक करोड १२ लाख बालबालिका लाभान्वित भएका छन् । 

चिनियाँ रोग नियन्त्रण एवं रोकथाम केन्द्रका अनुसार यस कार्यक्रमले देशका ८३२ वटा तुलनात्मक रुपमा कमजोर काउन्टीमा समेटेको थियो । यो कार्यक्रम सन् २०१२ देखि सञ्चालनमा छ ।

यस कार्यक्रम मार्फत् विषम गरिबीमा बाँचिरहेका परिवारका ६ देखि २४ महिनाका साना बालबच्चाका लागि निःशुल्क पोषण प्याकेजहरु बितरण गरिएको थियो । 

कार्यक्रम शुरु हुनुअघि यस क्षेत्रका ६ देखि २४ महिनाका बालबालिकाको रक्तअल्पता र पुड्कोपन क्रमशः १६।३ र ३।२ प्रतिशत रहेकामा हाल त्यसमा सुधार आई क्रमशः ५०।५ र ६८।३ प्रतिशतले घटेको छ ।