शवदाहगृह बनाउने योजना सम्झौता मै सिमित

बाग्मतीको किनारमै दाहसंस्कार

शवदाहगृह बनाउने योजना सम्झौता मै सिमित

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २२, २०७८

काठमाडौं । केही हप्ताअगाडि दिल्लीको दृश्य हेरेर अत्तालिएका नेपालीले अहिले त्यही नियति बेर्होर्दै छन् । कोभिड १९ को संक्रमण द्रुत गतिमा फैलिएको छ भने संक्रमितको मृत्युको संङ्ख्या पनि आकाशिँदो छ ।

अस्पतालमा शय्या नपाउने समस्या त आफ्नो ठाउँमा छँदै छ । कोरोनाका कारण आत्तिएका नेपालीलाई सोमबारको समाचारले झनै झस्कायो ।कोभिडका कारण मृत्यु भएकाहरूको शव बागमतीको किनारमै दाहसंस्कार

अवस्था यस्तै रहने हो भने सामूहिक दाहसंस्कार गर्नुपर्ने अवस्था आउन सक्ने नेपाली सेनाले संकेत दिइसकेको छ । हाल पशुपतिमा तीनवटा विद्युतीय शवदाह मेसिन छन् । यी मेसिनले दैनिक करिब २५ वटा लास जलाउन सक्छन् ।

काठमाडौं उपत्यकामा मात्रै आज दिउँसो १२ बजेसम्ममा कुल ३२ वटा शव विद्युतीय शवदाहगृहमा दर्ता भइसके । यस्तो समस्या आउन सक्ने भन्दै गत २७ असोजमा काठमाडौं महानगरपालिकाले थप तीनवटा विद्युतीय शवदाहगृह बनाउन १५ करोड रुपैयाँ दिने सम्झौता भएको थियो ।

सम्झौता अनुसार पशुपति क्षेत्र विकास कोषले छ महिनाभित्र शवदाहगृह बनाइसक्नुपर्ने भए पनि अझैसम्म बनेको छैन । कोषले शवदाहगृहको जगसमेत हालेको छैन ।

हाल शवदाहगृह निर्माणका लागि ठेक्का प्रक्रिया भने अघि बढाइसकेको कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिनुभयो । अहिले बनाउने भनिएको ठाउँमा बस्ती नै छ । मुआब्जालगायतको सहमति पनि भइसक्यो तर उहाँहरूलाई सार्न लागिएको गोठाटारको जमिनमा माटो बालुवाको विवाद भएका कारण सार्न नसकेर काम अघि नबढेको ढकालको भनाइ छ ।  

महानगरले आफैँ गर्दा ठेक्का प्रक्रियामा ढिला हुने भएकाले कोषलाई नै जिम्मा दिए पनि कोषले झनै ढिलो गरेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताउनुभयो ।

 महानगरले विद्युतीय शवदाहगृह निर्माणका लागि इन्जिनियर तोकेर बारम्बार ताकेता गरिरहेको उहाँको भनाइ छ । विद्युतीय शवदाहगृह बनाउन त सुरु नै गरिएको छैन । ठेक्का प्रक्रिया भने भइसक्यो रे । के समस्या हो, उहाँहरू सुल्झाउन महानगरसमक्ष पनि नआउएको  ज्ञावलीले जानकारी दिनुभयो ।