माओवादीद्वारा समर्थन फिर्ता

माओवादीद्वारा समर्थन फिर्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २२, २०७८

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिइएको व्यहोराको पत्र आज सङ्घीय संसद् सचिवालयलाई दिएको छ ।
          
माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सङ्घीय संसद्का महासचिवलाई समर्थन फिर्ता लिएको पत्र बुझाउनुभएको हो । सो क्रममा संसदीय दलका नेता एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सांसदको उपस्थिति थियो । “माओवादी केन्द्र सङ्घीय संसदीय दलको निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन आजकै मितिदेखि लागू हुने गरी फिर्ता लिइएको छ”, अध्यक्ष दाहालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।
          
नेपालको संविधानको धारा ७६ ९२० अन्तर्गत प्रधानमन्त्रीका रुपमा नेकपा ९एमाले०का संसदीय दलका नेता केपी शर्मा ओलीलाई माओवादीले २०७४ फागुनमा समर्थन गरेको थियो । विसं २०७५ जेठमा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को एउटै संसदीय दल बनेको थियो । 

गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट दुई पार्टीबीचको एकता भङ्ग भएको थियो । फैसलापछि पार्टी एकता भङ्ग गरेदेखि नै माओवादीले वर्तमान सरकारलाई आफूहरुको समर्थन नरहेको दोहो¥याउँदै आएको भएपनि माओवादीले समर्थन फिर्ता लिने औपचारिक निर्णय गर्न सकेको थिएन ।
          
सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादीलाई चर्को दबाब सिर्जना भएको थियो । त्यसबेला माओवादीले तत्काल समर्थन फिर्ता लिँदा मुलुक झन् राजनीतिक र संवैधानिक सङ्कटमा फस्ने भन्दै उचित समय आएपछि निर्णय लिइने प्रस्ट्याउँदै आएको थियो । 

माओवादीले औपचारिक रुपमा सरकारलाई दिइएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री ओली अल्पमतमा पर्नुभएको छ । उहाँको दल एमालेसँग १२१ सांसद रहेका छन् । संसद्मा बहुमत पुग्न १३७ मत आवश्यक पर्छ ।