अविरल वर्षा र बाढीसँगै साँफे–मार्तडी सडक अवरुद्ध

अविरल वर्षा र  बाढीसँगै साँफे–मार्तडी सडक अवरुद्ध

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २४, २०७८

आछाम । केही दिनदेखि लगातार जिल्लाका विभिन्न क्षेत्रमा परेकोे अविरल वर्षासंँगैको असिनापानीका कारण साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ ।  बूढीगंगा नगरपालिका २ स्थित ताप्रीसेरा घट्टे खोलामा आएको बाढीका कारण साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको हो । 

निरन्तरको वर्षात्बाट  विभिन्न स्थानमा ठूलो मात्रामा क्षति पुगेको छ । अपराह्न अपराह्न बूढीगंगा नगरपालिकाको घट्टे खोलामा आएको बाढीले सडक भत्काएपछि साँफे–मार्तडी सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ  ।

उक्त बाढीले स्थानीयवासीको २५ रोपनीमा लगाइएको गहुँबाली समेतलाई बगरमा परिणत गरिदिएको छ । एकातिर कोरोना भाइरसले गर्दा संकट उत्पन्न भएको छ भने त्यसैमा पनि बाढीले पाक्नै लागेको गहुँसहित जमीन बगरमा परिणत गरपछि भोकमरीको चिन्ताले पिरलो पारेको स्थानीयवासी वसन्त थापाले दुखेसो व्यक्त गर्नुभयो ।