यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख २४, २०७८

काठमाडौं । शुक्रबार डलरको खरिददर ११७.७२ रुपैयाँ रहेको छ । बिक्रिदर ११८.३२ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  आज एक यूरोपियन डलरको खरिद मूल्य १४१.८० रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.५२ रुपैयाँ रहेको छ ।

यता, अष्ट्रेलियन डलरको खरिददर ९१.२६ रुपैयाँ छ भने बिक्रिदर ९१.७२ रुपैयाँ रहेको छ । कतारी एक रियालको ३२.३३ रुपैयाँ छ भने बिक्रिदखर ३२.५० रुपैयाँ कायम भएको छ । मलेसियन एक रिंगिटको खरिददर २८.५६ रुपैयाँ र बिक्रिदर २८.७० रुपैयाँ रहेको छ ।