मेरो हसिलो राजा 'जुनम'

मेरो हसिलो राजा 'जुनम'

पुनम शाही ठकुरी  |  साहित्य  |  बैशाख २५, २०७८

साना ती आखाँको सदैव बन्ने छु म छायाँ
यो मुस्कानको प्यारो अर्थ तिमी हौ नि माया।।

सानो त्यो छातिमा देख्छु फराकिला ममता
माया, यो मनले सन्सार पाउछ तिमीसँगै हुँदा
तिम्रो त्यो दयालु, मनकारी मननै रोज्छु है म जहिले
ती हसिला मुखभित्र लुकेको ब्यथा बुझेकी छु मैले।।

फाल्गुण ७ को रात कहाँ भुल्नु र मैले ? 
सँगै जीउने मर्ने बाँचा खाएकी छु जहिले
खालि यी फूलबारीमा सौन्दर्य बढ्दै छन् आज
ती गुराँसमा भएको मधु तिमी हौ नि माया
साना ती आखाँको सदैव बन्ने छु म छायाँ
यो मुस्कानको प्यारो अर्थ तिमी हौ नि माया।।

सोचेकी छु मन, ती दिन पक्कै आउँछ भनर
त्यो शिर यो काखमा राखि चुप्पा खान्छु म गनेर
थाछ यो प्रतिक्छ्या तिमीलाई नि कति छ जलन
जोडीहरु देख्दा हाम्रै सपना देख्ने पागल छ यो मन
साना ती आखाँको सदैव बन्ने छु म छायाँ
यो मुस्कानको प्यारो अर्थ तिमी हौ नि माया ।।

बुनेका सपनाहरु कति पूरा गर्नु छ हामीले
अधूरो  राजाको सपना पूरा गर्ने छिन् यो रानीले
तिमीले मेरो अनि मैले तिम्रो दिनुपर्छ साथ अब
आजमात्र हैन जीवनभर ए माया
साना ती आखाँको सदैव बन्ने छु म छायाँ
यो मुस्कानको प्यारो अर्थ तिमी हौ नि माया।।