फक्रेका, राताम्मे फूल, लत्रेका

फक्रेका, राताम्मे फूल, लत्रेका

तारक धिताल  |  साहित्य  |  बैशाख २५, २०७८

(१)
फक्रेका
राताम्मे फूल 
लत्रेका  

(२) 
मच्चेको 
खाँबै हल्लेर
थच्चेको 

(३) 
तमासा
संघीयता भो 
क्या खासा !

(४)
आचार
खोज्दा खोज्दै ऊ
लाचार

(५) 
तुवाँलो 
चैतको हुरी 
बियाँलो 

(६)
दुषित
हावाको धाप 
त्रसित

(७)
चक्कर
सत्ताको खेल 
धिक्कार

(८)
जनता 
कहर कष्ट  
खै नेता ?

(९)
खेलाडी
लयमा क्षय 
पछाडी

(१०) 
चिन्तित 
राजनीति भो 
विकृत

(११)
गणित
सत्ता खेलमा 
खप्पिस

(१२)
डाहाको
झटारो उल्टै 
रडाको 

(१३)
सपथ
छेकिएला त 
कुपथ ?

(१४) 
सतर्क
कोभिडसंग 
नजिस्क

(१५) 
प्रबन्ध
स्वार्थ लुकेको 
सम्बन्ध

(१६)
झुण्डेको
झर्ने आशमा
मिलेको

(१७) 
मित्रको
कुरा बुझौँ है 
भित्रको

(१८) 
साधक
ढोंगी बनेर
बाधक

(१९)
सप्रेको
नालीको मूला
कुहेको 

(२०) 
बचाउ
बेला यो छ है
बिकाउ

(२१) 
करायो
इज्जत शून्य 
हरायो

(२२)
शक्तिले
तान्छ कि क्या हो
मस्तिले ?

(२३)
नजुट्ने 
भ्यागुते धार्नी
नपुग्ने 

(२४०)
जनता
भीडको भेडा
ठानेका

(२५) 
फर्केर
लोकतन्त्र यो 
लौ हेर ।