खोपमा कमिसनको समाचारबाट राप्रपा स्तब्ध र आश्चर्यचकित : छानबिन र कारबाहीको माग

खोपमा कमिसनको समाचारबाट राप्रपा स्तब्ध र आश्चर्यचकित : छानबिन र कारबाहीको माग

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २६, २०७८

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोभिड–१९ संक्रमणबाट जोगिन भौतिक दूरी कायम र मास्कको अनिवार्य प्रयोगलगायत स्वास्थ्य मापदण्ड पालना गर्न जनसमुदायमा आग्रह गरेको छ ।

कोरोनाले निम्त्याएको विपद्को हालको समयमा जनताको सेवामा पूर्ण रुपले समर्पित हुन दलका सबै तहका नेताकार्यकर्तालाई पनि राप्रपाले आह्वान गरेको छ । पार्टीका अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाले २०७८ बैशाख २५ गते शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नागरिकको जीवन रक्षाका निम्ति गम्भीर बन्न पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मुलुक कोभिड–१९ बाट नराम्रोसंँग जुधिरहेको, कैयौँ नेपालीले ज्यानसमेत गुमाउनु परेको, अस्पतालमा शय्या र अक्सिजन आपूर्तिमा कमीका कारण उपचारमा समस्या पैदा भएका अवस्थामा खोपमा कमिशनका समाचारले जनतालाई स्तब्ध र आश्चर्यचकित तुल्याएको विज्ञप्तिमा उल्लेख गर्दै उक्त कार्यको छानबिन र कारवाहीको माग पनि राप्रपाले गरेको छ ।